नागका मन्दिर र घरघरमा नागको पूजा
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १४:१७:५२
पोखरा । श्रावण शुक्ल पञ्चमीका अवसरमा आज पोखरा र आसपासका नाग मन्दिर र घरघरमा नागको पूजा गरिएको छ ।
आज बिहानैदेखि पोखराको प्रसिद्ध कमलपोखरी, नागढुङ्गा, चिप्लेढुङ्गालगायतका स्थानमा नागको पूजाका लागि सर्वसाधारण पुगेका छन् । घरघरका साथै नागका थानमा पूजा गर्ने भक्तजनको भीड लागेकोछ ।
प्राचीन प्रचलनअनुसार नागको मूर्ति एवं तस्वीरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने प्रचलन छ ।
आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मान्ने प्रचलन छ । नाग पञ्चमीका दिन नागका अष्टकुलका रुपमा लिइने अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र टाँस्नाले घरमा सर्पादी भय नहुने, चट्याङ नपर्ने तथा अग्निजन्य भय नहुने विश्वास गरिन्छ ।
भूमिमा नाग देवताको बसोवास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले पोखरा र आसपासका क्षेत्रमा नागपञ्चमीका दिन भूमिमा खनजोत नगरिने प्रचलन रहेको स्थानीयवासी गुरुप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
समिति गठन गर्ने कुरामा प्रधानमन्त्रीको दोहोरो चरित्र
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लिए शपथ ग्रहण
जेठ ५, २०८१ शनिबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार