सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ५६ वटै ढोका खोलियो
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार १५:५६:३१
काठमाडौं । लगातारको वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ ।
सप्तकोशीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका आइतबार आज विहान खोलिएको हो । ढोका खोलेसँगै कोशी नदीमा पानीको बहाव कम भएको छ ।
९ लाख क्युसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले २ लाख ९० हजार क्युसेक पानी बगिरहेको बताइएको छ । शनिबार ३ लाख १८ हजार ६ सय ५० क्युसेक पानी बगिरहेको थियो ।
यो वर्ष सप्तकोशीमा २४ हजार क्युसेक पानीबाट अहिले बढ्दै सो क्षमतामा बगिरहेको छ । एक दशकअघि ब्यारेजदेखि माथि सिरान पश्चिम कुशहामा बाँध फुटेको थियो ।
बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएकाले अहिले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार