चार समितिका प्रतिवेदन पेश
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार २२:५१:३२
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा चार समितिका अलगअलग प्रतिवेदन पेश गरिएको छ । आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितका सभापति विमलप्रसाद श्रीवास्तवले ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक’ र ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पहिलो संशोधन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६ पेश गरेका थिए ।
यसैगरी कानून न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले‘प्रशासकीय अदालत विधेयक’, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘वातावरण संरक्षण विधेयक’ र राज्यव्यवस्था तथा सुशासन समितिको सभापति शशि श्रेष्ठले‘प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७६’ पेश गरे ।
बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। ती पत्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा योगेशकुमार भट्टराईलाई नियुक्त गरिएको र प्रधानमन्त्री केपी शर्मा ओली उपचारार्थ सिङ्गापुर गएपछि कार्यवाहकको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई तोकिएका सम्बन्धी थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा ‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र
जेठ ९, २०८१ बुधबार
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आज, २५ देशका विशेषज्ञ सहभागी
जेठ ९, २०८१ बुधबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
विनोद त्रिपाठी
जेठ ८, २०८१ मंगलबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
गृहमन्त्री रवि लामिछानेको दोहोरो पासपोर्टको अनुसन्धान कहिले ? : सिरोहिया
जेठ ८, २०८१ मंगलबार
सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला कति ?
जेठ ९, २०८१ बुधबार
सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर !
जेठ ९, २०८१ बुधबार
कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढ्यो
जेठ ९, २०८१ बुधबार
दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व संकलन
जेठ ९, २०८१ बुधबार
सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
जेठ ९, २०८१ बुधबार