चेम्बरले माग्यो विद्यार्थीका लागि छात्रवृत्ति आवेदन
इन्द्र रिजाल
साउन २०, २०७६ मंगलबार ०:३४:४०
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले प्रत्येक प्रदेशबाट एक/एक जना विद्यार्थीका लागि छात्रवृत्तिको आवेदन आह्वान गरेको छ । छात्रवृत्ति योजनाको उद्देश्य आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनति तथा जेहेन्दार छात्रा विद्यार्थीलाई निशुल्क पढ्ने वातावरण प्रदान गरि उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु रहेको बताइएको छ ।
यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले एपीयूसँग आबद्ध लर्डबुद्ध क्याम्पस मैतिदेवीमा ३ वर्षे बीएमा बिजनेस म्यानेजमेन्ट (BBM-E) स्नातक तह पढ्न पाउनेछन् । +२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन् ।
यस योजनाबाट महिला विद्यार्थीहरुले लाभ लिन सक्नेछन् किनकि यस योजना अन्तर्गतको प्रमुख छात्रवृत्ति छात्राहरुको लागि छुट्याइएको छ । यो विषय अध्ययन गर्न चाहने छात्राले छात्रवृत्तिमा परेमा ६ लाख ६५ हजार रुपैयाँ बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्रदान गरिने भएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत विवरण चेम्बरको वेबसाइट https://www.nepalchamber.org/ र लर्डबुद्धको http://www.lbef.org/ मा प्रकाशित गरिएको छ ।
इच्छुक महिला विद्यार्थीले चेम्बरको जिल्ला चेम्बर वा सिधै अनलाइनमार्फत आफ्नो फर्म भर्न सक्ने जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार