मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्छ : मन्त्री बाँस्कोटा
नेपालबहस संवाददाता
साउन २०, २०७६ मंगलबार ३:२:३२
जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडियाले अग्रगमन, सुशासन र विकासलाई साथ दिनुपर्ने बताएका छन् ।
आर के मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित कलर्स एफएम १०२.४ मेगाहर्जको आज उद्घाटन गर्दै उनले मिडियाले सामाजिक उत्थान र परिवर्तनको अभियन्ताको दायित्व निर्वाह गर्नुपर्ने बताए ।
गणतन्त्र आए पनि विभेदका कारण आम जनताले गणतन्त्रको अनुभूति गर्न नपाएका कारक विरुद्धको मोर्चाको नेतृत्व गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले पत्रकारितालाई शुद्धीकरण गर्दै देश, समाज, लोकतन्त्र र निमुखा जनताका हितका पक्षमा उभिनु जरुरी भएको धारणा राखे ।
मन्त्री बाँस्कोटाले भने, “पत्रकारिता हुनेखानेका लागि र व्यापारका लागि गर्ने मनोविज्ञानको अन्त्य गर्नुपर्दछ ।” उनले एफएमबाट प्रसारण हुने सामग्री कानमा गुञ्जिने र मनमा छाप पार्ने हुनुपर्नेमा जोड दिँदै मनको ढुकढुकी बन्न जनताको चेतना स्तर वृद्धि, आवश्यकता र जीवनोपयोगी सामग्री उत्पादनमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
सरकारले पत्रपत्रिकाको विकासका लागि लोककल्याणकारी विज्ञापनको प्रतिशतमा वृद्धि र श्रमजीवीका लागि पारिश्रमिकमा वृद्धि गरेको उल्लेख गर्दै उनले यसबाट आगामी दिनमा सकारात्मक परिवर्तनका परिणाम देखिने विश्वास व्यक्त गरे ।
उनले सरकारले राष्ट्र र जनताका पक्षमा दिनदिनै नयाँ नयाँ काम गरिरहेकाले आउने दिनमा समृद्धिको तीव्रताबाट राष्ट्र र जनताको मुहार हँसिलो देख्न पाइने धारणा राखे । पूर्वमन्त्री यदुवंश झाले वर्षौंदेखि पत्रकारिता गरिरहेका पत्रकारको जीवन निर्वाहका लागि वृत्तिविकास कोषको व्यवस्था सरकारले गर्नुपर्ने खाँचो औँल्याए ।
एफएमका प्रबन्ध निर्देशक रूपेशकुमार सिंहले सञ्चार गृहको विकासका लागि सरकारले सोच्नुपर्नेमा जोड दिए । नेकपाका केन्द्रीय सदस्य श्रीप्रसाद साह र योगनारायण यादव, समाजसेवी गङ्गाप्रसाद यादव र साहित्यकार परमेश्वर कापडीले एफएमहरूले ज्ञानवद्र्धक सामग्री प्रसारण गर्नु जरूरी रहेको धारणा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार