तरकारी र फलफूलमा गरियाे विषादीको सीमा निर्धारण !
नेपालबहस संवाददाता
साउन २०, २०७६ मंगलबार ४:३४:३४
काठमाडौं । नेपालमा पहिलो पटक फलफूल तथा तरकारीमा जिवनाशक विषादीको अधिकतम सीमा निर्धारण भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार करेला, भन्टा, काउली, बन्दा, भिन्डी, आलु, गोलभेँडा र चियामा विषादी अवशेषको अधिकतम प्रयोग सीमा निर्धारण गरिएको छ ।फलफूलमा भने स्याउ र केरामा मात्र सीमा निर्धारण गरिएको छ ।
दैनिक प्रयोगमा तरकारी तथा फलफूलमा विषादी अवशेषको अधिकतम सीमा नेपालमा पहिलो पटक ताजा तरकारी तथा फलफूलमा विषादी अवशेषको अधिकतम सीमा निर्धारण गरिएको हो ।
जस अनुसार स्याउमा २७ ,केरामा ४२, करेलामा १, भण्टामा २१, बन्दामा ३६, काउलीमा १३, भिण्डीमा ३, आलुमा ७१, टमाटरमा ७३ तथा चियामा १९ प्रकारका विषादीको अधिकतम प्रयोग सीमा तोकिएको छ ।
विभागले थप १० प्रकारका फलफूल तथा तरकारीमा एमआरएल निर्धारणका लागि ड्राफ्ट तयार गरेको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत एवं प्रवक्ता मोहनकृष्ण महर्जनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार