घूससहित तीन कर्मचारी पक्राउ
नेपालबहस संवाददाता
साउन २०, २०७६ मंगलबार ४:४७:७
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतसहित तीन कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।
अख्तियारका अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौंडाका शाखा अधिकृत चन्दनकुमार अमात्य, मालपोत कार्यालय टीकापुर कैलालीका नायब सुब्बा सिहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई घूससहित पक्राउ परेका हुन् ।
अमात्य उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पूरा गरिदिने नाममा सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले जनाएको छ ।
कुँवर र पाण्डे भने जग्गा नापजाँच गरिदिएबापत सेवाग्राहीसँग लिएको ८ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ परेको अख्तियारले जनाएको छ । अख्तियारले तीनै जनालाई हिरासतमा राखी थप अनुसन्धान अघि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार