मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन स्काभेटरकाे प्रयोग
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १३:३२:४२
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेको छ ।
मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो ।
पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको अल्छेढुङ्गाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की र डिल्लीबहादुर कार्की अर्को एक टहरा हटाइएको हो ।
नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन थालिएको नगरप्रमुख दीपनारायण रिजालले बताए।
“पहिलो चरणमा टहरा मात्र हटाउन थालिएको छ”, उनले भने, “दोस्रो चरणमा घर भत्काउने तयारी गरिएको छ ।” नगरप्रमुख रिजालका अनुसार दोस्रो चरणअन्तर्गत दिक्तेलबजारका चार घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छाडेर मात्र भौतिक संरचना बनाउन तथा घरटहरा बनाउन भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका थिए ।
नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गरिने जनाइएको छ । अटेर गर्नेलाई रु पाँच लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
झापाबाट १० महिनामा ३ सय ७२ लागुऔषध कारोबारी पक्राउ
जेठ ५, २०८१ शनिबार
मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी
जेठ ५, २०८१ शनिबार
बालिकालाई करणी गरेको अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार