नेपाली बजारमा सुनको भाउ इतिहाँसकै महङ्गो
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार १६:४७:३४
काठमाडौं । यतिबेला नेपाली बजारमा सुनको भाउ इतिहाँसकै महङ्गो भएको छ । सोमबार सुन इतिहाँसमै पहिलोपटक एकैचोटी १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको पहिलो दिन आइतबार तोलाको ६६ हजार ३ सयमा कारोबार भएको सुनको भाउ सोमाबार एक्कासी ६७ हजार ८ सय रुपैयाँ पुग्यो । तेजाबी सुन पनि प्रतितोला ६७ हजार ५ सयमा कारोबार भईरहेको छ ।
अमेरिकासँग इरान र उत्तर कोरियाको आणविक विवादका कारण अन्तराष्ट्रिय बजारमा केही दिनदेखि महङ्गिएको सुनको भाउ नेपाली बजारमा पनि आकाशिएको छ । यसको पछिल्लो कारण भने अमेरिका र चीनबीचको व्यापार युद्ध भएको अनुमान गर्न सकिन्छ ।
काठमाडौंको न्यून रोडमा सुंचालित गण्डकी सुनचाँदी पसलका सुवास रसाईली भन्छन्, सुनको भाउ प्रतितोला ७० हजार पुग्न सक्छ । ‘एकैदिन १५ सयले बढ्यो, यो क्रम अझै केही दिन रहन्छ’ उनले भने, ‘सुन यसपाली तोलाको ७० हजार नाघ्न सक्छ ।’
अन्तराष्ट्रिय बजारमा शक्ति राष्ट्रहरुबीच व्यापार युद्ध चुलिएका कारण सुनमा लगानी बढेको छ । व्यापारमा देखिएको असमझदारीका कारण सेयरको मूल्य घट्ने भएकाले अन्तराष्ट्रिय लगानीकर्ताले सुरक्षाका लागि सुनमा लगानी गर्ने गरेका छन् ।
जर्मन सरकारले जारी गरेको ऋणपत्रका कारण पनि सुनमा लगानी बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार