किन जाँदैछन्, कांग्रेसका प्रवक्ता शर्मा र तरुण दलका महासचिव शाही यूरोप ?
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार २०:४१:२१
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाही विभिन्न युरोपेली मुलुकमा आयोजना हुने कार्यक्रममा सहभागी हुन यूरोप जाने भएका छन्।
यही अगष्ट ७ तारिख बाट यूरोपमा रहेका नेपाली जनसम्पर्क समितिको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्न प्रवक्ता शर्मासहित महासचिव शाही यूरोप जाने समितिका सभापति विनोद घिमिरेले जानकारी दिए ।
प्रवक्ता शर्मासहित नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पनि साधारण सभालाई सम्बोधन गर्न पोर्चुगल जाने कार्यक्रम तय भएको समितिका सभापति विनोद घिमिरेले जानकारी दिए ।
प्रवक्ता शर्माले अगस्ट १३ तारिखका दिन प्रशिक्षण दिने कार्यक्रम रहेको समितिले जनाएको छ । नेपाली कांग्रेसका प्रवक्ता शर्माले पार्टीको वर्तमान अवस्था, पार्टीको आगामी नीति तथा भूमिका र नेपालको समृद्धिमा प्रवासी नेपालीको भूमिका लगायतका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको घिमिरेले बताए ।
प्रवक्ता शर्माले पोर्चुगलको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गरेसंगै साइप्रस र डेनमार्ककाे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । अन्य ठाउँमा भने महासचिव शाही एक्लैले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यूरोप स्थित जन सम्पर्क समिताका सभापतिहरु पोर्चुगल बिनोद घिमिरे, डेनमार्क विरेन्द्र सिङ कार्की, बेल्जियम सीता सापकोटा, जर्मनी सिखर खड्का, फ्रान्स सुधीर राना, स्पेन इन्द्र शर्मा, नर्वे जितेन्द्र शाही, स्वीजरल्यान्ड राम महतो, नेदरल्यान्ड प्रेम जङ गुरुङ, स्विडेन नवीन थपलिया लगायत जनसम्पर्क समितीका सल्लाहकारहरु, तरुण विद्यार्थी नेताहरु र एनआरएनका पदाधिकारी हरु सङ भेटघाट तथा विभिन्न बिषयमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
यस्तो छ, यूरोप यात्राको कार्यक्रम तालिका
अगस्ट ७ तारिखमा बेल्जियम
अगस्ट ८ देखि ९ तारिख फ्रान्स
अगस्ट १० देखि ११ तारिख नेदरल्यान्ड
अगस्ट १२ देखि १३ तारिख पोर्चुगल
अगस्ट १४ देखि १५ तारिख स्पेन
अगस्ट १६ देखि १८ तारिख स्वीडेन
अगस्ट २० देखि २२ तारिख स्वीजरल्यान्ड
अगस्ट २३ देखि २५ तारिख नर्वे
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार