नेप्से परिसूचक १० अङ्कले घट्यो
नेपालबहस संवाददाता
साउन २१, २०७६ मंगलबार २२:४३:२०
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.९१ अङ्कले घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिदबिक्री भए ।
कारोबार भएका १२ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्मुत ६.८३, वित्त ४.७४, निर्जीवन बीमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बीमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ ।
कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार आज जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।
यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।
यस्तै स्टकमा आजदेखि रसुवागढी जलविद्मुत कम्पनी र साञ्जेन जलविद्मुत कम्पनीका शेयर कारोबार शुरु भएको छ । स्टकले रसुवागढीलाई शुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम् २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो । यस्तै साञ्जेन जलविद्मुत कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४९ अंकले बढेर सोमबार नेप्सेमा हरियाली, ६ अर्ब ३० करोड बढीका शेयर खरिदबिक्री भए
पुष २२, २०८१ सोमबार
पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार