साउन १६ गते १८ वर्ष पुगेकालाई मताधिकार
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार १३:३:१३
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदान गर्न यही साउन १६ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह गरी ५० रिक्त पदमा मङ्सिर १४ मा उपनिर्वाचन हुने छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले मतदाताको उमेर १८ वर्ष पूरा भएको मिति ‘कट अफ डेट’ तोकेको हो ।
मतदाता नामावली ऐनअनुसार निर्वाचनको मिति घोषणा भएको दिन मतदाता नामावलीमा नाम दर्ता भएका र १८ वर्ष उमेर पुगेकालाई मात्रै मताधिकार प्राप्त हुने व्यवस्था छ ।
आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार आयोग बैठकले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई आयोगबाट अर्को निर्णय नभएसम्मका लागि रोक्ने निर्णय पनि गरेको छ ।
उपनिर्वाचनका लागि अब मतदाता नामावलीमा नाम समावेश गर्न नपाइने कानुनी प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतबाट रित्तो हात फर्किइन आरजुः प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित
पुष ९, २०८१ मंगलबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार