राष्ट्रिय तेक्वान्दो चितवनमा हुने
नेपालबहस संवाददाता
साउन २२, २०७६ बुधबार २३:४४:३७
काठमाडौं । रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराह, न्यू स्टार र सौराह डोजाङको संयुक्त आयोजनामा चितवनमा तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनशिप हुने भएको छ ।
आगामी कात्तिक १ र २ गते चितवनको रत्ननगर नगरपालिकामा आयोजना हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलामा २२ गरी कूल ४६ तौल समूहमा प्रतिस्पर्धा हुने आज आयोजित पत्रकार सम्मेलनमा आयोजकका संयोजक पुष्प जोशीले जानकारी दिए।
त्यस्तै पुम्सेतर्फ पुरुषका पाँच र महिलाका चार गरी नौ विधामा प्रतिस्पर्धा हनेछ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र कास्यमा १३० गरी कूल २६० पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि अमेरिकाको पोर्टल्यान्डमा रहेको अन्तर्राष्ट्रिय ओपन फ्रेन्डशिप तेक्वान्दो च्याम्पियनशिप (आइओएफटिसी) र ललितपुरको मैत्री तेक्वान्दो डोजाङले सहयोग तथा सहकार्य गर्ने आयोजकले जनाएको छ ।
च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाका छ/छ तौल समूहका प्रतिस्पर्धामा प्रथम हुने खेलाडीलाई पुनः छनोट गरी सर्वोत्कृष्ट हुने तीन पुरुष र दुई जना महिला तेक्वान्दो खेलाडीलाई जनही रु एक लाख पुरस्कार प्रदान गरिनेछ । पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिर्भसिटीमा सन् २०२० को मे १ र २ मा हुने १३औँ अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागिसमेत छनोट हुनेछन् ।
सोही कार्यक्रममा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका निर्देशक दिवाकर महर्जनले पहिरा पीडित र अनाथ बालबालिकालगायतका विभिन्न सङ्घसंस्थालाई रु तीन लाख ७५ हजार सहयोग प्रदान गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार