कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्ग बनाउन महेश बस्नेतको माग
इन्द्र रिजाल
साउन २२, २०७६ बिहिबार २:३४:२८
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपत्यकाबासीले ठूलो सवारी जामको समस्या भाेगिरहनु परेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्य अघि बढाउन सम्बन्धित मन्त्री तथा मन्त्रालय समक्ष माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक विस्तारको कार्य तत्काल शुरु गर्न माग गरेका हुन् । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उनले सूर्यविनायक – धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामा बसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्य गर्नुपर्नेमा जोड दिए ।
उनले पूर्वी नेपालतर्फ जाने दैनिक करिब २० हजारभन्दा वढी सवारी साधन गुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सूर्यविनायक – धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्प नभएको समेत बताए ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेन तथा कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्ने कुरा नेपाल सरकारले अघिल्लो वर्षबाट नै डीपीआरको कुरा बजेट तथा नीति तथा कार्यक्रममा ल्याएको तर उक्त प्रकृया ढिलाई भइरहेको बताउँदै सांसद बस्नेतले भने, ‘ भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिन नसकेको जस्तो अनुभति भएकोले सम्बन्धित मन्त्री तथा मन्त्रालयले उचित पहल कदमी लिने र यसलाई महत्वका साथ अघि बढाउन आग्रह गर्दछु ।’
कोटेश्वर जडिवुटीको जाम नेपालकै अत्याधिक जाम हुने मध्येमा रहेको बताउँदै उनले जापान सरकारले सो सन्दर्भमा सहयोग गर्ने भन्ने कुरा धेरै अघिदेखि नै प्रक्रिया बढेको जानकारी गराउँदै भने, ‘सम्बन्धित मन्त्री तथा मन्त्रालयले विशेष चासो नदिदाँ सुरुङ मार्ग तथा उक्त सडक निर्माण प्रकृयामा ढिलाई भएको छ । जिम्मेवार निकायले समयमा नै विशेष महत्व दिई उक्त दुवैको निर्माण कार्य थाल्नुपर्छ ।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार