स्याङ्जामा विप्लवका कार्यकर्ता धमाधम पलायन
इन्द्र रिजाल
साउन २२, २०७६ बिहिबार २:४८:१५
स्याङ्जा । सरकारले देशभरवाट विप्लवका कार्यकर्ता पक्राउ गरी मुद्दा चलाउन थालेपछि स्याङ्जामा धमाधम राजिनामा दिने क्रम बढेको छ । स्याङ्जाको भीरकोट नगरपालिकाका दुई विप्लव नेतृत्वका कार्यकर्ताले भीरकोट नगरपालिकाका जनप्रतिनिधिको रोहोवरमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेमा विप्लव नेतृत्व माओवादीका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक भीरकोट नगरपालिका वाड नं ७ का शेरवहादुर राना र अर्का कार्यकर्ता भीरकोट १ का मकवुल मियाले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी पार्टीको साधारण सदस्यता समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ, आफू क्रियाशिल रहेको पार्टी विप्लव समुहले हिंसात्मक गतिविधि र एकिकृत जनक्रान्तिको कार्य दिशा नछाडेकोले आफ्नो स्वास्थ्य कमजोर भई सो पार्टीमा रहि काम गर्न नसक्ने भएकोले आजको मितिबाट नेपाल कम्यूनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीमा मेरो कुनै सम्वन्ध नरहेको र नेपाल कम्यूनिष्ट पार्टी विप्लवको साधारण सदस्य समेत नरहने गरि कुनैपनि पार्टीमा नलाग्ने र स्वतन्त्र नागरिक भएर बस्ने इच्छा भएकोले पार्टीबाट राजीनामा दिएको उल्लेख छ ।
पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले विप्लव नेतृत्वको माओवादीलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपुर्ण राजनीतिमा आउन आग्रह गरिन । पत्रकार सम्मेलनमा भीरकोट नगरपालिकाका वडा अध्यक्षहरुको सहभागिता समेत रहेको बताइएको छ ।
अहिलेसम्म चार जना धरौटी राख्न नसकेका कारण जेल चलान भएका छन् भने एक जनाले राजीनामा दिएका छन् । विप्लप माओवादीका जिल्ला नेतृत्वले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार