चिनियाँ सामानको विदेशी व्यापार ४.२ प्रतिशतले वृद्धि
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार १४:४४:५५
एजेन्सी । चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ ।
चीनको भन्सार कार्यालयको बिहीबार सार्वजनिक तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो सात महिनाको तुलनामा यसवर्ष वैदेशिक व्यापारबाट १७४ खर्ब १० अर्ब चिनियाँ युआन (२० खर्ब ४९ करोड अमेरिकी डलर) थप नाफा भएको छ ।
चीन–अमेरिका व्यापार विवादका कारण चिनियाँ अर्थतन्त्रमा व्यापक प्रभाव पर्नसक्ने कतिपय अनुमानहरूलाई यो तथ्याङ्कले गलत सावित गरिदिएको छ ।
चिनियाँ भन्सारअन्तर्गत तथ्याङ्क विश्लेषण विभागका प्रमुख ली ख्वै वनका अनुसार, “सोही अवधिमा चीनको निर्यातमा गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हुँदा ९४ खर्ब ८० अर्ब युआनको कारोबार भएको छ भने आयात १.३ प्रतिशतले बढेको छ । बढेको आयात प्रतिशतअनुसार आयाततर्फ चीनको ७९ खर्ब ३० अर्ब युआनको कारोबार भएको छ । ”
विभागका प्रमुख लीले भने , “यो अवधिमा चीनको अतिरिक्त व्यापारको मात्रा गत वर्षको सोही समयको तुलनामा ४७.४ प्रतिशतले बढेको देखिएको छ । यसबाट चीनले १५ खर्ब ५० करोड युआन बढी आम्दानी गरेको छ ।”
“चालू वर्षका अघिल्ला ७ महिनामा चीनको सामान्य व्यापारिक आयात–निर्यातको कूल मात्रा १०४ खर्ब पुगेकाले गत वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ । त्यो सङ्ख्याले कूल वैदेशिक व्यापारिक मात्राको ५९.८ प्रतिशत स्थान ओगटेको छ । यो अघिल्लो वर्षको तुलनामा शून्य दशमलव आठ प्रतिशत अङ्कले बढी हो ।”
यो समयमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार युरोपेली सङ्घ (ईयू) बनेको छ । ईयूसँग द्विपक्षीय व्यापारको आयतनमा १०.८ प्रतिशत पुगेको छ । एक वर्ष पहिले ईयूसँगको द्विपक्षीय व्यापारको आयतनमा कूल २७ खर्ब २० अर्ब युआन पुगेको छ ।
ईयूलाई पछ्याउँदै चीनसँगको दोस्रो ठूलो साझेदार दक्षिणपूर्वी एशियाली मुलुकहरूको सङ्गठन (आसियन) बनेको छ । चीनले आसियन मुलुकहरूसँगको कारोबारलाई ११.३ प्रतिशतले बढाएर दुईपक्षीय कारोबार रकमलाई २३ खर्ब ५० अर्ब युआन पु¥याएको छ भने अमेरिका तेस्रो स्थानमा रहेको छ ।
यो वर्ष अमेरिकासँगको विवादका कारण चीन–अमेरिकाबीचको व्यापार आयतनमा भने ८.१ प्रतिशतले कमी आएको राजश्व कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । यसबाट चीनले अमेरिकासँगको व्यापार कारोबारमा २१ खर्बले कमी देखिएको छ ।
चीनको व्यापार राष्ट्रपति सी चिनफिङको महत्वाकाङ्क्षी रेशम मार्ग परियोजना अर्थात् एक पेटी एक सडक (ओबीओआर) अन्तर्गतका मुलुकहरूसँगको कारोबार रकम ५० खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ । यो गतवर्षको पहिलो सात महिनाको तुलनामा १०.२ प्रतिशत बढी हो । यो रकम कूल व्यापार रकमको २८.९ प्रतिशत हो ।
यसैगरी यो अवधिमा चीनको निजी क्षेत्रको कारोबार रकम ११.८ प्रतिशतले बढेको र यसअन्तर्गत ७३ खर्ब १० अर्ब युआन कारोबार भएको छ भने यो रकम चीनको सम्पूर्ण व्यापार कारोबार रकमको ४२ प्रतिशत हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
धनगढीमा ‘नवौं बृहत् राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ सुरु
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार