खाडी युद्धको सम्झना, इराकबाट ४६ कुवेतीको शव फिर्ता
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार २०:५६:६
एजेन्सी । कुवेतलाई कब्जा गर्न भएको इराकी अतिक्रमणका क्रममा इराकमा बेपत्ता पारिएका ४६ जना कुवेती नागरिकको शव बिहीबार कुवेतलाई फिर्ता गरेको छ ।
उनीहरु सन् १९९१ मा कुवेतमाथि भएको इराकी हस्तक्षेप र अमेरिकी अग्रसरतामा भएको युद्धका क्रममा बेपत्ता भएका थिए । इराकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी इराकी अधिकारीहरुले रेडक्रसको सहयोगमा इराकमा बेपत्ता भएका तर इराकमै मारिएका कुवेतीको अवशेष फिर्ता गरिएको उल्लेख गरेको छ ।
इराकले बेपत्ता कुवेतीसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न चाहेको पनि विदेश मन्त्रालयले जनाएको छ । युद्धका समयमा बेपत्ता भएका कुवेतीहरुको खोजी गर्न गठित टोलीले इराकको दक्षिणी मुथान्ना प्रान्तमा गत मार्च ६ मा सामूहिक चिहान फेला पारेको थियो ।
मन्त्रालयको वक्तव्यमा विस्तृत अध्ययनबाट उक्त चिहानमा फेला पारेका व्यक्तिहरुका अवशेष कुवेती नागरिकको रहेको प्रमाणित भएको उल्लेख छ । सञ्चार माध्यमहरुले सामूहिक चिहानमा फेला परेका व्यक्तिका अवशेषहरु सन् १९९१ को खाडी युद्धका कुवेती युद्धबन्दी रहेको बताएका थिए ।
मन्त्रालयको वक्तव्यमा भनिएको छ – इराकमा बेपत्ता कुवेतीको खोजीमा इराकले कुनै कसर बाँकी राख्ने छैन ।सन् १९९१ देखि नै कुबेती युद्धबन्दीको खोजी र हस्तान्तरणमा इराकी रेडक्रसले गरेको सहयोगप्रति इराक सरकारले धन्यवाद पनि दिएको छ ।
इराकका लागि कुवेती राजदूत सलिम अल–जमानानले दुई देशबीच सुल्झन बाँकी मुद्दाहरुलाई सम्बोधन गर्न इराकी सरकारले देखाएको तत्परताप्रति आभार व्यक्त गरेका छन् । इराकमा बेपत्ता कुवेती नागरिकको खोजीमा भएको प्रगति निकै उत्साहजनक रहेको कुवेतको भनाई छ ।
कुवेतले खाडी युद्ध पश्चात् झण्डै ६०० कुवेती नागरिक बेपत्ता रहेको बारम्बार दाबी गरिरहेको छ । अमेरिका समेतका गठबन्धन सेनाको सहयोगमा सन् १९९१ मा इराकी सैनिकको कब्जाबाट कुवेत स्वतन्त्र भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार