एलआईसी नेपालको साधारण सभाले पास गर्यो ७० प्रतिशतको लाभांश, बीमा शुल्क आर्जनमा ४६ प्रतिशतको बृद्धि
इन्द्र रिजाल
साउन २४, २०७६ शुक्रबार २१:२९:६
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १७ औं वार्षिक साधारण सभा आज नेपाल पुलिस क्लबको सभाहल, प्रदर्शनीमार्ग, काठमाडाैंमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक बर्ष २०७४/०७५ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ७० प्रतिशत लाभांश पारित गरेको छ जस अन्तर्गत ३४.४६ % वोनस शेयर र ३५.५४ प्रतिशत नगद लाभांश रहेको छन् । आ.ब. २०७४/०७५ मा कम्पनीले एक लाख ३३ हजार ३०९ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु. २ अर्ब ८८ करोड ८९ लाख संकलन गर्न सफल भएको थियो ।
कम्पनीले २०७५ आषाढ मसान्तसम्ममा कूल चालु बीमालेखको संख्या ७ लाख ३४ हजार ६०८ पुर्याएको छ जसबाट कूल जीवन बीमा कोषमा रु. ४२ अर्ब २३ करोड ३४ लाख संकलन गर्न सफल भएको छ । आ.ब. २०७४/०७५ मा कम्पनीको कूल जीवन बीमा कोषमा २५.८५ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा ९.७० प्रतिशत, लगानीतर्फ २१.७६ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा ५५.६७ प्रतिशतको बृद्धिदर रहेको कम्पनी सचिव विनोदकुमार भुजेलले जानकारी दिएका छन् ।
साधारण सभामा कम्पनीका अध्यक्ष एम.आर. कुमारले सवै शेयरधनीहरुलाई समय र सुझावका लागि धन्यवाद दिदै एलआईसी नेपालको १८ औं (आ.ब. २०७५/७६) वार्षिक साधारण सभा पनि यथाशक्य चाँडो सम्पन्न गरिने बताए । उनले आ.ब. २०७५/०७६ मा पनि कम्पनीले प्रथम बीमाशुल्क आर्जनमा ४६.३६ प्रतिशतको बृद्धिदरका साथ कूल बीमाशुल्क आर्जन रु. १३ अर्ब ४१ करोड १७ लाख जम्मा गर्न सफल भएको समेत जानकारी दिएका थिए ।
जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष कुमारले यसका बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाए ।
सभामा संचालक समितिका अन्य संचालकहरु अशोक अग्रवाल, कुमार केशर विष्ट, भि.के. कुक्रेजा र एलपी दास उपस्थित लगायत हजारौं सर्वसाधारण शेयरधनीको सहभागिता थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबाढीपीडितलाई पशु–सुरक्षण बिमा रकम प्रदान
मंसिर २, २०८१ आइतबार
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
असोज १६, २०८१ बुधबार
बीमा दाबी सरलीकरण तथा छिटो दाबी भुक्तानी सम्बन्धी छलफल
असोज १५, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
‘नेपालमा गणतन्त्र र लोकतन्त्रले सफलता पाएको छ’
मंसिर ११, २०८१ मंगलबार
पुस ११ देखि चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
मंसिर ११, २०८१ मंगलबार