सैनिक कल्याणकारी कोषसँग ४४ अर्ब सम्पत्ति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
साउन २४, २०७६ शुक्रबार २२:५३:४९
![](https://nepalbahas.prixacdn.net/media/albums/welfare_dTyX5Lcej6.jpg)
काठमाडाैं । सैनिक कल्याणकारी कोषको नगद मौज्दात रु ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा वि.सं २०७५ असार मसान्तमा नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख रहेकामा त्यसपछिको अवधिमा रु दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको रु पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति रु ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए।
कोषको मुख्य आयस्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् ।
कल्याणकारी कोषले जोखिममा परेको रकम घटाएर रु पाँच करोडबाट रू दुई लाख ६६ हजारमा झारेको छ । यसअघि जोखिममा रहेको रकम ८५ करोडको हाराहारीमा थियो । कोष र अन्तर्गतका निकायको रु ५० करोड २३ लाख ८६ हजार बेरुजु रहेकामा अघिल्लो वर्ष नै रू ३० करोड ४० लाख ७३ हजार फछ्र्योट भएको र बाँकी पनि फछ्र्योटका क्रममा रहेको सो अवसरमा जानकारी दिइयो ।
कोषको मूल धनमा प्राप्त हुने ब्याजबाट हिताधिकारीको शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतमा लगानी हुने गरेको छ । नेपाली सेनाले शान्तिस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति सेनामा सहभागी भएबापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट वि.सं २०३२ मा ‘बहुजन हिताय, बहुजन सुखाय’ को सोच राखी सो कोष स्थापना गरेको थियो ।
उक्त कोषको रकम मुलुकका विभिन्न २८ भन्दाबढी क वर्गका बैंक तथा वित्तिय संस्थामा निक्षेप रहेको जानकारी दिइयो । सेनाले कल्याणकारी कोषमाफर्त सञ्चालन भएका कार्यक्रमबाट राज्यलाई वार्षिकरुपमा रु ४५ करोड राजश्व दिँदै आएको बताइएको छ ।
उक्त कोषमार्फत सञ्चालनमा रहेका विद्यालय तथा महाविद्यालयको नतिजा अन्य शिक्षण संस्थानको तुलनामा अब्बल रहेको सेनाको जिकिर छ । उक्त कोषमार्फतका कार्यक्रम सञ्चालन गर्न वार्षिक रु पाँच अर्ब खर्च हुने गरेको छ । ती कार्यक्रममार्फत कोषले पछिल्लो समय वार्षिक रु छ अर्ब आम्दानी गर्दै आएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
एकै महिनामा साढे चार हजार गाडी दुर्घटनामा, मोटरसाइकल बढी जोखिममा
फागुन ५, २०८१ सोमबार
कार दुर्घटनामा परी महाकुम्भ मेलाबाट फर्कदै गरेका रुपन्देही देवदहका ३ जनाको मृत्यु
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार