सिंहदरवार र बालुवाटारमा बलात्कारी र भ्रष्ट्राचारी बस्ने गरेको सांसद संग्रौलाको आरोप
इन्द्र रिजाल
साउन २४, २०७६ शुक्रबार २२:५७:१२
२४ साउन,सिन्धुली । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा.डिला संग्रौलाले अहिले सिंहदरबार र बालुवाटारमा बलात्कारी र भ्रष्ट्राचार गर्ने व्यक्ति बसेको बताएकी छन् । शुक्रबार सिन्धुलीमाढीमा नेपाल प्रेस युनियन सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा संग्रौलाले यस्तो बताएकी हुन् ।
निर्मला पन्तको बलात्कार गर्ने, हत्या गर्ने ब्यक्ति खुलेआम सिंहदरबार र बालुवाटारमा हिडडुल गर्ने गरेकाले यो सरकारले यस्ता घटनाको संरक्षण गरेको आरोप उनको थियो । साथै अहिलेको केपी ओली नेतृत्वको सरकारले भ्रष्ट्राचारलाई संस्थागत रुपमा विकास गरेको समेत उनको आरोप छ ।
सरकारले धेरै निर्दोषलाई दोषी बनाउन खोजे पनि सरकार असफल रहेको जिकिर उनको थियो । राज्यबाट न्याय माग गर्दा सरकारले गोली चलाउने र न्यायमाग्ने ब्यक्तिहरुलाई इन्काण्टरका नाममा चरम यातनापछि दुई तिहाईको दम्भमा हत्या गर्ने गरेको उनको भनाई रहेको थियो ।
सिंहदरबारको अधिकार गाउँ घरमा र समृद्धि र विकास नेपाली कांग्रेसको पनि एजेण्डा भएको भन्दै उनले सरकारले जनतको भावना विपरित काम गरि रहेको र जनता मर्दै गएको र प्रधानमन्त्री र मन्त्री भने मोटाउदै गएको उनको भनाई थियो । जनता सामान्य विरामी पर्दा सिटामोल खान नपाएको, सडकको अभावमा समयमा उपचार गर्न नपाउदा मृत्युवरण गरेको अवस्थामा पानी जहाज र रेलका सपना देखेर बसेको समेत आरोप लगाईन् ।
लोकतन्त्रमा लुटतन्त्र मौलाएको भन्दै सरकारले निर्मला पन्तको बलत्कारपछि प्रमाण नष्ट गर्नको लागि सरकारको निर्देशनमा प्रहरीले निमला पन्तले लगाएको कपडा र शरीर समेत पानीले पखालेको र सरकारको निर्देशनमा मानव अधिकारकर्मीमाथि कञ्चनपुरमा गोली चलाएको त्यसैगरी कञ्चनपुरका दिलिपसिहं बिष्टलाई पनि समातेको थियो तर डीएनए नमिलेपछि छाडेको थियो । सरकारले धेरै निर्दोषलाई दोषी बनाउन खोजे पनि सरकार असफल रहेको जिकिर उनको थियो । राज्यबाट न्याय माग गर्दा सरकारले गोली चलाउने र न्यायमाग्ने ब्यक्तिहरुलाई इन्काण्टरका नाममा चरम यातनापछि दुई तिहाईको दम्भमा हत्या गर्ने गरेको उनको भनाई रहेको थियो ।
सरकारले भुमाफियाले अतिक्रमण गरेको जग्गा फर्काउने भने पनि आफ्नो पार्टी कार्यलय नै सरकारी जग्गामा रहेको बालुवाटार प्रकरणमा पनि आफ्नै नेताकार्यकर्ताले गर्दा समेत कारबाही गर्न नसकेको र सरकार सस्थागत भ्रष्टचारमा लागेको आरोप लगाइन् ।
आमाको नामबाट नागरिकता पाउनु पर्ने, ३ प्रतिशत महिला राज्यका हरेक संरचनामा हुनु पर्ने, महिलाको आर्थिक सवलिकारण र सशक्तिकरण, पैतृक सम्पत्तिमा महिलाको अधिकार लगाएतका सवालमा नेपाली कांग्रेसले आवाज उठाउदै आएको उनले बताइन् ।
नेपाली कांग्रेसकी नेतृ तथा सांसद संग्रौला सिन्धुलीमा नेपाल महिला संघको ७२ औं स्थापना दिवसको अवसरमा प्रशिक्षण कार्यक्रममा सहभागी हुन सिन्धुली आएकी थिइन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार