भारतीय कांग्रेस कार्यसमितिको बैठक बस्दै, होला त नयाँ अध्यक्षका लागी फैसला
नेपालबहस संवाददाता
साउन २५, २०७६ आइतबार १:१३:९
एजेन्सी । भारतीय कांग्रेसको नयाँ अन्तरिम अध्यक्ष चुन्नका लागि दिल्लीमा कांग्रेस केन्द्रीय समिति बैठक बसिरहेको छ । यो बैठकमा राहुल गान्धी, सोनिया गान्धी र मनमोहन सिंह समेत कांग्रेसका शीर्ष नेताहरु सहभागी छन् ।बैठकमा नयाँ अध्यक्षका लागि सुझाव लिन पाँच सदस्यीय टिम गठन गरिएको थियो ।
जसमा सोनिया गान्धी र राहुल गान्धीको नाम पनि थियो । तर सोनिया गान्धीले यसमा असहमति जनाइन् ।उनले आफू र राहुल अध्यक्षको चुनावी प्रक्रियामा सहभागी हुन नसक्ने बताइन् । अहिले सोनिया र राहुल वर्किङ कमिटिको बैठकबाट बाहिर निस्केका छन् ।
अहिले बसिरहेको बैठक केहीबेरलाई स्थगित गरिएको छ अब अर्को बैठक अहिले केहीबेरमा ‘८ बजे राती’ सुरु हुने अन्तराष्ट्रिय समाचार संस्था एजेन्सीले जनाएको छ । प्राप्त समाचार अनुसार गान्धी परिवार कुनै यस्ता व्यक्तिलाई कांग्रेसको अध्यक्ष बनाउन चाहन्छ जसमा संगठन चलाउने अनुभव होस् ।
कांग्रेस कार्य समिति ‘सीडब्ल्यूसी’ को बैठकमा अध्यक्ष हुनका लागी राहुल गांधीलाई अनुरोध गरे पनि उनले अस्वीकार गरेका छन् । अहिले केही बेरमा बस्ने बैठकले पार्टीको लागी नयाँ अध्यक्ष चयन गर्ने अथवा कुनै ठोस एक निर्णय हुने संभावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार