भारतीय कांग्रेसको अध्यक्षमा सोनिया गान्धी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १४:०:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/555555555555_zhpN6tnEbz.jpg)
एजेन्सी । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी नियुक्त भएकी छन् । नयाँ अध्यक्ष चयनका लागि शनिबार बसेको कांग्रेसको कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष नियुक्त गरेको हो।
कांग्रेस नेता गुलाम नबी आजाद र हरिश रावतले बैठकपछि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरिएको बताएका हुन् । यस्तै बैठकले राहुल गान्धीले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गरेको पनि उनीहरुले बताए ।
राहुल गान्धी आशाको नयाँ किरणका रुपमा आएर पार्टीको नेतृत्व गरेको कांग्रेस प्रवक्ता रणदीप सुरजेवाललो बताएका । राहुल गान्धीले लोकसभा चुनावपछि पराजयको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए ।
उनको राजीनामा स्वीकार गरिए पनि पार्टीलाई आउँदा दिनमा पनि मार्गदर्शन गर्न अपिल गरिएको प्रवक्ता सुरजेवालले बैठकको निर्णय सुनाउँदै बताएका छन् । बैठकमा कांग्रेसका सबै प्रदेश नेताको विचार बुझेर कार्यसमितिले राहुललाई अध्यक्षमा कायम रहन आग्रह गरिएको थियो ।
![भारतीय कांग्रेस कार्यसमितिको बैठक बस्दै, होला त नयाँ अध्यक्षका लागी फैसला](https://i0.wp.com/www.nepalbahas.com/wp-content/uploads/2019/08/Capture.jpg?resize=720%2C378&ssl=1)
राहुलसँग राजीनामा फिर्ता लिन भनिएको थियो । उनले यो आग्रह स्वीकार गरेनन् । त्यसपछि सोनिया गान्धीलाई पार्टीको जिम्मेवारी सम्हाल्न आग्रह गरिएकोमा उनले पूर्णकालीन अध्यक्ष चुनाव नभएसम्मका लागि अन्तरिम अध्यक्षको भूमिकामा रहने बताएको जनाइएको छ ।
यस्तै कार्यसमितिमा जम्मू–कश्मीर बारे पनि चर्चा भएको जनाइएको छ । कांग्रेसले विपक्षी पार्टीका नेताहरुको एक समूहलाई सो क्षेत्रको अवस्था बुझ्नका लागि पठाउन सरकारसँग आग्रह गरेको छ ।
बैठकको क्रममा जम्मू–कश्मीरबारे चर्चा भएको कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले बताए । उनले भने, ‘जम्मू–कश्मीरको अवस्था निकै खराब भएको छ । पूर्ण पारदर्शिताका साथ प्रधानमन्त्री र सरकारले देशलाई जम्मू–कश्मीरको अवस्था बारे बताउनु पर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
सन् २०२४ को चौथो त्रैमासिकमा जापानको आर्थिक वृद्धिदर सुस्त
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार