धमाधम विद्युत् उपकरण चोरी हुँदै
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १८:५५:९
डोटी । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् ।
विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको छ ।
पावरहाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युत्का महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । उनले भने, “पहिरोले सामान्य क्षति पु¥याएको पावरहाउस मर्मत नगर्दा बेवारिसे बनाइयो, अहिले सामान चोरी हुँदैछ, कसैले वास्ता गरेका छैनन् ।”
बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पु¥याएपछि अहिलेसम्म सो पावरहाउसको मर्मतकार्य नगरिँदा र पावरहाउसमा कर्मचारीसमेत नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताए । उनले भने, “पावरहाउसमा कोही पनि बस्दैनन्, राम्रा र महङ्गा सरसामान कवाड हँुदैछन् भने कयाँै सामान चोरी हुन थालेका छन् ।”
डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पु¥याएको सो पावरहाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए ।
उक्त पावरहाउस पुनःनिर्माण गरी विद्युत सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युत्मा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ हुन थालेको विद्युत् कर्मचारी बताउँछन् ।
उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ । कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई । धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ ।
डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
साइबर अपराधको कसुरमा शोभा पाठक पक्राउ
पुष १, २०८१ सोमबार
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार