मन्त्रालयलाई डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार २३:३४:७
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५/७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् ।
सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ‘लामखुट्टे खोज र नष्ट गर’ थप कार्यक्रम कार्यान्वयनमा मन्त्रालयलाई आर्थिक सङ्कट देखिएको हो । गत वर्ष महाशाखाले प्रदेश तहमा रु छ करोड १७ लाख, विभिन्न स्थानीय तहमा रु एक करोड ६६ लाख र महाशाखाले रु एक करोड ७१ विनियोजन गरेको थियो ।
यस वर्ष सो क्षेत्रमा खासै रकम वृद्धि नभएको बताइएको छ । महाशाखाका निर्देशक चिकित्सक विवेककुमार लालले भने, “डेङ्गु रोग नियन्त्रण गर्न थप रकम, जनशक्ति तथा किटबक्स चाहियो भनेर सामाजिक विकास मन्त्रालय र स्थानीय तहबाट पत्र आउछ । समायोजनका कारण महाशाखामा थप जनशक्ति छैन । किटबक्स पठाइ सकियो । ती निकायलाई थप पैसा कहाँबाट दिनु ? अर्थमन्त्रालयलाई भन्यो भने बजेटको सिलिङ् त्यति हो भन्दछ ।”
उनले सो कार्यक्रमका लागि के कति रकम अपुग भएको हो कुनै जानकारी दिएननु । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग पछिल्लो समय नेपालमा अनियन्त्रित रुपमा बढ्दैछ । चितवनमा सन् २००४ मा पहिलो पटक देखा परेका डेङ्गु मनाङ, मुस्ताङ, जुम्लालगायतका केही हिमाली जिल्लामा मात्र देखा परेको छैन । महाशाखा प्रमुख डा लालले हिमाली केही जिल्लाबाहेक अधिकांश जिल्लामा डेङ्गु देखा परिसकेको जानकारी दिँदै शहरी क्षेत्र उच्च जोखिममा रहेका बताए ।
महाशाखाद्वारा डेङ्गु नियन्त्रणका प्रयासका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उनले डेङ्गु नियन्त्रण गर्न आर्थिक अभाव रहेको गुनासो गर्दै डेङ्गुका बारे सचेतना बढाउन आवश्यक रहेकामा जोड दिए। सो जातको लामखुट्टेले विशेष गरी दिउँसो मात्र टोक्दछ । यो रोग मानिसबाट मानिसमा सर्दैन । खासगरी सो जातको लामखुट्टे सफा पानी जमेको ससाना स्थानमा फुल पार्ने गर्दछ । वर्षात्को महीनासँगै पानी जम्न थालेपछि रोगको प्रकोप हुने महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा लालका अनुसार एक्कासी ज्वरो आउनु, ज्वरो पाँच सातदिनसम्म रहनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग धेरै दुख्नु, शरीर कट्कटी दुख्नु लगायतका लक्षण देखन्छन् । यसबाट जोगिन मुख्य उपाय नै वातावरणीय सरसफाइ हो । साथै लामखुट्टेको टोकाइबाट बच्न आफू बस्ने वरपर पानी जम्न नदिनु र झुल टागेर सुत्नु रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार