ओली सरकार प्रतिबन्ध लगाउने, त्यही सरकारका सचिवले चन्दा दिने ?
इन्द्र रिजाल
साउन २६, २०७६ सोमबार ०:१९:४१
काठमाडौं । केपी ओली सरकारद्धारा प्रतिबन्धित विद्रोही नेकपा विप्लवको माओवादी समुहलाई चन्दा दिने को–कस्ता मानिस होलान् ? भ्रष्ट, तस्कर, कालोबजारिया, स्रोत नखुलेको सम्पत्तिका मालिक, विदेशी बैंकमा अकुत धनराशी थुपारेकाहरू ?
यसअघि सत्तारुढ नेकपाका दुईमध्येका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारद्धारा प्रतिबन्धित बिप्लव माओवादीलाई ५ करोड रुपैयाँको धनराशीका रुपमा चन्दा दिएको ब्यापक चर्चा चलेको थियो । तर त्यसको नत खण्डन नै आयो नत आधिकारिक पुष्टि नै हुन सकेको छ ।
हालैमात्र शहरी विकास मन्त्रालयबाट जल तथा ऊर्जा आयोगमा सरुवा भएका सचिव सिंहको नाममा भारतको बैंकमा भा.रू. १० करोड २५ लाख (१६ करोड ४० लाख) जम्मा भएको एक अर्को सूत्रले जनाएको छ । उनका बिरुद्ध हाल पनि केही दर्जन ऊजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको थाहा हुन आएको छ ।
हाल सरकारकै एक सचिव रमेशप्रसाद सिंहले बिप्लव माओवादीलाई पटक पटक चन्दा दिएको सूचना सो पार्टी त्यागेर निस्केका केही कार्यकर्ताहरूबाट खुलस्त हुन आएको छ । सूत्रको दावी अनुसार उनले चन्दा दिएको पुष्टी हुने सबुत प्रमाण पनि छ । नेपालबहस डटकमसँग सो सबुत प्रमाण आईपुगेको छ । नेकपाका प्रवक्ता प्रकाण्डद्धारा हस्ताक्षरित सो पत्रमा यति नै रकम दिएको भनि उल्लेख नभएता पनि नैतिक र भौतिक रुपमा सहयोग पुर्याएको उल्लेख छ ।
पत्रमा रमेशप्रसाद सिंहलाई संबोधन गर्दै “तपाई पुरानो सत्ताको एउटा उच्च कर्मचारी भएको बाबजुद हाम्रो गौरवशाली पार्टी माथि उच्च आस्था राखी विभिन्न पटक हामीलाई नैतिक र भौतिक सहयोग पुर्याउनु भएकोमा नेपाल कम्युनिष्ट पार्टी तपाईप्रति धन्यवाद व्यक्त गर्दछ” भनिएको छ । गत बैशाख १३ गते शुक्रवारको मितिमा प्रवक्ता प्रकाण्डको हस्ताक्षर रहेको पत्रमा भनेका छन् – “तपाईबाट पटकपटक गरि स्वेच्छापूर्वक प्राप्त भएको विशेष आर्थिक सहयोग पार्टीको केन्द्रिय कोषमा जम्मा हुनुको साथै नेपाली जनताको वास्तविक मुक्ति,शान्ति र उच्चतम हितको पक्षमा व्यय हुने जानकारी गराईन्छ ।” यद्दपी यो पत्रको आधिकारिक पुष्टि हुन बाँकी नै छ ।
हालैमात्र शहरी विकास मन्त्रालयबाट जल तथा ऊर्जा आयोगमा सरुवा भएका सचिव सिंहको नाममा भारतको बैंकमा भा.रू. १० करोड २५ लाख (१६ करोड ४० लाख) जम्मा भएको एक अर्को सूत्रले जनाएको छ । उनका बिरुद्ध हाल पनि केही दर्जन ऊजूरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधीन रहेको थाहा हुन आएको छ ।
अख्तियार उपयोगको विषयमा सचिव सिंहको आचरण स्वच्छ नभएको पटकपटकका घटनाहरूबाट प्रष्ट हुन्छ । शहरी विकास मन्त्रालयमा सरुवा भई आउनुभन्दा पहिले नेपाल ट्रस्टको सचिव रहँदा पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले उपभोग गरिरहेको छाउनीस्थित विवादास्पद १५ रोपनी १ आना परिसरमा निर्मित भब्य बंगला र पूरै जग्गा प्रेरणाकै नाममा कायम गराउन उनैको विशेष भूमिका रहेको थियो ।
सर्वोच्च अदालतबाट फैसला भई नेपाल ट्रस्टमा आउनुपर्ने उक्त घर तथा जग्गा आफ्नै नाममा कायम राख्न हाल प्रेरणाले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा पुनरावलोकनका लागि मुद्दा हाल्नुको कारण उनैको भूमिकाको परिणाम हो भनी ट्रस्टकै कर्मचारी वृत्तमा सुनिन्छ ।
सिंह नेपाल ट्रस्टको सचिव भएकै बेला ट्रस्टमा आउनुपर्ने पूर्वराजा वीरन्द्रका नामको आलुबारीको रुपमा रहेको नैकापको ११ रोपनी दुई आना जग्गा पूरै गायब भएको प्रकरण पनि छ । यस्ता अनेकौँ प्रकरणबाट उनी जोगिएको एउटै कारण मुख बुजो लगाउने उनको आचरण नै हो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगको आग्रह
मंसिर ११, २०८१ मंगलबार
सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट: नेपालले दक्षिण अफ्रिकालाई हरायो
मंसिर ११, २०८१ मंगलबार
कृषि क्रान्तिका लागि फरक ढङ्गले काम गर्छाैं : प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
मंसिर ११, २०८१ मंगलबार