कांग्रेसभित्र दुई पक्षबीच देखिएको विवाद अन्त्य !
नेपालबहस संवाददाता
साउन २७, २०७६ सोमबार १२:५२:३४
काठमाडौं । नेपाली कांग्रेसभित्र अन्तरिम व्यवस्था अनुसारको संरचना गठन सम्बन्धमा दुई पक्षबीच देखिएको विवाद अन्त्य भएको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६ सर्वसम्मतले पारित गरेपछि स्थानीय तहको गठन सहमतिमै टुङ्ग्याउने बाटो समेत खुलेको छ ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले सचिवालयले तयार गरेको निर्देशिका सर्वसम्मतले पारित गरेको हो । निर्देशिकामा स्थानीय तह गठनको प्रक्रियासम्बन्धी व्यवस्थाहरू गरिएको छ । जस अनुसार सहमतिमै स्थानीय तह गठन हुनेछन् ।
यसअघि संस्थापन पक्षधर नेताहरूले काँग्रेस कमजोर रहेको अवस्थामा सहमतिमै उक्त संरचनाहरू गठन गर्नुपर्ने जोड दिँदै आएका थिए । संस्थापन इतरका केन्द्रीय सदस्यहरूले भने सहमतिको नाममा भागबण्डा गर्न नहुने भन्दै चुनावी प्रक्रियाबाट स्थानीय तह, क्षेत्रीय प्रतिनिधिहरूको चयन टुङ्ग्याउनुपर्नेमा जोड दिँदा दुई पक्षबीच विवाद भएको थियो ।
आइतबारको बैठकले पदाधिकारीले ल्याएको निर्देशिका सर्वसम्मतले पारित गरी लागू गर्ने निर्णय गरेको छ । उक्त निर्णयलाई आगामी महासमिति–महाधिवेशनमा पेश गरी अनुमोदन गरिनेछ ।
केन्द्रीय सदस्य रामकृष्ण यादवका अनुसार निर्देशिका बमोजिम भदौ २० गतेभित्र विधान बमोजिम अन्तरिम व्यवस्था अनुसारको स्थानीय तहको गठन भइसक्नेछ । स्थानीय तहको गठन गर्दा साविकको गाविस अध्यक्षलाई गाउँपालिकाको वडाअध्यक्षको जिम्मेवारी दिइनेछ ।
त्यसैगरी हाल कायम गाउँपालिका÷नगरपालिकाका सभापतिलाई यथावत राख्ने निर्देशिकाले व्यवस्था गरेको केन्द्रीय सदस्य यादवले बताए । एक सय ६५ वटा निर्वाचन क्षेत्रमा ज्येष्ठताको आधारमा सहमतिमै क्षेत्रीय प्रतिनिधि चयन गरिनेछन् ।
त्यसैगरी, बैठकले नेपाली कांग्रेसबाट निर्वाचित खोटाङको दिक्तेल रुपाकोटा मझुवाढी नगरपालिका वडा नं १ का वडा सदस्य पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेकोमा उक्त विषयमा सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा जानकारी गराउने निर्णय गरेको छ ।
वडा सदस्य बैजनाथ रिजाल गत असार २० गते पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानुन बमोजिम पार्टी परित्याग गरेमा निर्वाचित वडा सदस्य पद स्वतः रिक्त हुने व्यवस्था छ ।
बैठकले महान पर्व इद अल जोहाको अवसरमा इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेको छ । त्यसैगरी, पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य प्रकाशमान सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
संघीयता कार्यान्वयनका निम्ति तीनवटै तहबीच सहयोग, समन्वय र सहकार्यमा जोड
पुष ९, २०८१ मंगलबार
वीर अस्पताल र नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सात वर्षपछि छुट्याउने सहमति
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार