कार्यालयमा छड्के, ९६ कर्मचारी अनुपस्थित
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १३:५६:३२
स्याङ्जा । जिल्लाका सरकारी कार्यालयमा अनुगमन गर्ने क्रममा ९६ कर्मचारी अनुपस्थित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सोमबार जिल्लास्थित सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा विभिन्न कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रशासन कार्यालयबाट खटिएको अनुगमन टोलीले सङ्घ र प्रदेशअन्तर्गतका २० कार्यालयमा अनुगमन गर्दा ९६ कर्मचारी अनुपस्थित रहेको पाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
अनुगमन गरिएका कार्यालयका हाजिरी रजिस्टर छड्के टोलीले प्रशासन कार्यालयमा लगेर हेरेको थियो । छड्के अनुगमनमा १९ अधिकृत र ७७ अन्य कर्मचारी कार्यालयमा हाजिर नभएको पाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए ।
खानेपानी डिभिजन कार्यालय, नापी कार्यालय र घरेलुका कार्यालयबाहेकका अन्य कार्यालयमध्ये समयमै कार्यालय नजानेमा जिल्ला अस्पतालका रहेका छन् । जिल्ला अस्पतालका डा सुशील मरासिनी वैशाखदेखि कार्यालयमा अनुपस्थित रहनुभएको छ भने अस्पतालका प्रमुख डा अमृत पोखरेल साउन १३ गतेदेखि अनुपस्थित रहेको पाइएको छ ।
जिल्ला अस्पतालजस्तो संवेदनशील कार्यालयमा एकैपटक सबै अधिकृत अनुपस्थित हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए। डा मरासिनी असार मसान्तसम्मको बिदा लिएर अमेरिका र डा पोखरेल दुईहप्ते बिदामा रहको निमित्त प्रमुख रञ्जु पोखरेलले बताए। त्यस्तै आयोजना कार्यान्वय एकाइ ९शिक्षा० मा १० कर्मचारी रहेकामा सबै कर्मचारी काज लिएर बसेको भेटिएको प्रजिअ निरौलाले बताए ।
यस्तै जिल्ला तथ्याङ्क कार्यालयमा ११ कर्मचारी रहेकामा नौ कर्मचारी ‘फिल्ड’ लेखेर बिदामा बसेको देखिएको छ । अनुपस्थित कर्मचारीलाई स्पष्टीकरण सोधिने र बिदा नलिनेको गयलकट्टा हुने बताउँदै प्रजिअ निरौलले गयलकट्टा हुने कर्मचारीको गयल बराबर सेवाअवधि कम हुने सरकारी नियम रहेको बताए ।
कार्यालय छड्केमा कृषि ज्ञान केन्द्रमा पाँच, जिल्ला स्वास्थ्यमा दुई, कोष तथा लेखा नियन्त्रकको कार्यालयमा एक, विद्युत्मा एक, हुलाकमा सात, जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा चार, आयुर्वेदमा दुई, राष्ट्रिय पुनःनिर्माणमा आठ, जिल्ला समन्वयमा चार, डिभिजन वनमा सात, शिक्षा विकास तथा समन्वय एकाइमा एक, भेटेरिनरी अस्पतालमा तीन, मालपोतमा एक, सुन्तला जोनमा छ जना कर्मचारी अनुस्थित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार