सुत्केरी भेट्न जाँदा घिउ
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १४:३३:३७
तम्घास । गुल्मीका एक वडा अध्यक्ष घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष लोकप्रताप शाह वडाभित्र कुनै महिला सुत्केरी भएमा सुत्केरी भएको एक साताभित्र एक माना घिउ लिएर सुत्केरी भेट्न जाने गरेका छन् ।
उनले सुत्केरी भएको समयमा जनप्रतिनिधि घरमा भेट्न जाँदा खाली हात नजान र सुत्केरी अवस्थामा घिउको आवश्यकता पर्ने भएकाले एक साताभित्रमा जाने गरेको बताए ।
सबैको घरमा पौष्टिक आहारा र आर्थिक अवस्था सुदृढ नहुन सक्ने भएकाले यस्तो कार्यको थालनी गरिएको शाहले बताए। यो कुनै प्रचारात्मक कार्य नभई सकारात्मक अभियान भएको उनको दाबी छ ।
आफूले सुत्केरी भेट्न जाँदा घिउ लिएर जाने कार्यलाई निरन्तरता दिँदै जाने उन बताए । उनले यो आर्थिक वर्षमा अहिलेसम्म छ जना सुत्केरीको घरमा एक मानाका दरले घिउ दिएर बधाईसमेत दिएका छन् ।
महिलालाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन आग्रह गर्दै आएको र महिलाको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिने गरेको उनले बताए ।
वडा अध्यक्षद्वारा वडामा राम्रो कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन वडा नं। ७ का युवक अनिश ढकालले आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार
आज ‘क्रिसमस डे’ मनाइँदै
पुष १०, २०८१ बुधबार
आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार