संसद्का गाडीमा प्राविधिक समस्या : खरिद प्रक्रियामा छानबिन सुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १४:५३:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/gadi-samsad_RTRfzJfeyA.jpg)
काठमाडौं । सङ्घीय संसद्मा समिति सभापतिका लागि खरिद गरिएका गाडी हस्तान्तरण भएको एक महिनामै प्राविधिक समस्या देखिएपछि खरिद प्रक्रियामा छानबिनको तयारी थालिएको छ ।
गत शुक्रबार सभामुख कृष्णबहादुर महरा र समिति सभापतिहरूको छलफलमा गाडीको विषय प्रवेश भएपछि छानबिन प्रक्रिया अगाडि बढाउन लागिएको हो ।
सभामुख महराले आइतबार राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापतिसमेत रहेका रामनारायण बिडारीसहित सङ्घीय संसद्का तीन सदस्यलाई छानबिन प्रक्रिया अगाडि बढाउन अख्तियारी दिए ।
औपचारिक रूपमा समितिलाई पत्र दिइएको छैन । सभापति बिडारीसहित प्रतिनिधिसभाका दुई समिति सभापतिलाई छानबिनका लागि अख्तियारी दिइएको हो ।
कानुन न्याय तथा मानवअधिकार समिति सभापति कृष्णभक्त पोखरेल र सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाहलाई छानबिन प्रक्रिया अगाडि बढाउन सभामुखले आग्रह गरेका छन् । सभामुखले छानबिनबारे टेलिफोनमार्फत जानकारी गराएको बिडारीले जानकारी दिए। उनले भने, ‘‘छानबिनको प्रक्रिया अघि बढाउन जानकारी आएको छ तर औपचारिक रूपमा कुनै पत्र पाएको छैन ।’’
गाडीमा प्राविधिक समस्या देखिएको चालकको गुनासोपछि सभापतिहरूले सभामुखसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए । गाडीप्रति सभापतिहरूको असन्तुष्टिपछि सभामुखले छानबिनको आश्वासन उक्त बैठकमै दिएका थिए ।
सङ्घीय संसद्का सभापतिहरूका लागि १६ वटा गाडी खरिदको निर्णय सचिवालयले गरेको थियो । तीमध्ये गत वैशाखमा पाँचवटा गाडी सचिवालयले प्राप्त गरेको थियो । ११ गाडी असार २३ गते मात्र हस्तान्तरण भएका हुन् ।
सचिवालयले महिन्द्रा एस–फाइभ स्कोर्पियो गाडी खरिद गरेको हो । गाडीको मूल्य ५५ लाख ८० हजार रुपियाँ रहेको सचिवालयले जनाएको छ ।
पहिलो र दोस्रो चरणमा खरिद गरिएका दुवै गाडी समिति सभापतिहरूलाई दिइएको छ । सभापतिहरूले बारम्बार गाडी पुरानो भएको दबाब दिएपछि सचिवालयले नयाँ गाडी खरिद गरेको थियो ।
पछिल्लो चरणमा सचिवालयले पाएका ११ गाडीमा प्राविधिक समस्या देखिएको हो । गाडीमा गेयर, भाइजर, स्पिकर, ढोकालगायतमा समस्या देखिएका छन् ।
कतिपय समस्या सामान्य प्राविधिक भए पनि एउटा गाडीमा भने बढी समस्या देखा परेको सचिवालयको दाबी छ । उक्त गाडी प्रक्रियागत रूपमा फिर्ता गरेर नयाँ अर्को गाडी दिन आपूर्तिकर्ता कम्पनी तयार भइसकेको पनि सचिवालयका एक अधिकारीले जानकारी दिए ।
सचिवालयले ग¥यो परीक्षण
गाडीमा समस्या भएको गुनासो बढेपछि सोमबार आपूर्तिकर्ता महिन्द्रा तथा सचिवालयका चालक र प्राविधिकसमेत बसेर परीक्षणसमेत गरिएको छ ।
जसमा एउटा गाडीको ब्याक गेयरमा समस्या देखिएको छ । परीक्षणपछि उक्त गाडी प्रतिस्थापन गर्नेबारे कम्पनी सकारात्मक बनेको छ । सोमबार प्रत्यायोजित व्यवस्थापन समिति सभापति बिडारीको गाडी सडकमै परीक्षण गरिएको छ ।
सचिवालयबाट घरसम्मै पु¥याएर पुनः सचिवालयसम्म गाडी परीक्षण गरिएको छ । यस्तै एउटा गाडीको ढोका नखुलेको विषयमा पनि परीक्षण गरिएको छ । उक्त समस्या भने म्यानुअलअनुसार प्रयोग नभएको निष्कर्ष प्राविधिकहरूको छ । गोरखापत्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सको तेस्रो जित, पोखरा सात विकेटले पराजित
मंसिर २०, २०८१ बिहिबार
नेपाल र चीन बीच भएका ९ बुदेँ समझदारी के के हुन् ?
मंसिर १८, २०८१ मंगलबार
दुर्घटनामा चालकको मृत्यु पछि तुलसीपुर–घोराही सडकखण्ड अवरूद्ध
मंसिर १८, २०८१ मंगलबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार