गरिमा विकास बैंकमा चमत्कारिक सुधार, वितरण योग्य नाफा ४५ करोड ३१ लाख
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार १६:५५:२६
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आ.वको अन्त्यमा सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांस सूचकमा सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा यस आ.व.मा बैंकको समग्र वित्तिय अवस्था बलियो बनेको छ ।
बैंकले गत असार मसान्तसम्म ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २६.३२ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसै अवधिमा बैंकले ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ छ । बैंकको चुक्ता पुँजी पनि १० प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष गरिमाको चुक्ता पुँजी २ अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको थियो । गरिमाले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३५.७६ प्रतिशत र ५१.२७ प्रतिशतले बढाएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा भएको छ । गरिमाको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा छ ।
यस आ.व मा गत आर्थिक वर्षमा भन्दा रिजर्भ कोष २५.२८ प्रतिशत, व्याज आम्दानी ३७.६४ प्रतिशत, संचालन नाफा ३१.८४ प्रतिशतले बढेको छ भने कस्ट अफ फन्ड ०.२९ प्रतिशत र खराब कर्जा ०.०७ प्रतिशतमा सिमित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार