क्याम्पसमा रेणु पक्षधर र धर्मदेव पक्षधरबीच कुटाकुट, प्रहरीले हेर्यो रमिता
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_U6mF8d7adH.jpeg
)
नेपालबहस संवाददाता
साउन २८, २०७६ मंगलबार २३:५३:०
![](https://nepalbahas.prixacdn.net/media/albums/hatpat_rNKj69rBpH.jpg)
२८ साउन, राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको ६३ औं क्याम्पस दिवस बिथोलिएको छ । मंगलबार कार्यक्रम बिथोलिएपछि दाता परिवार इन्द्रदेव यादवका बुहारी एवं समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्व शिक्षामन्त्री रेणुकुमारी यादव रितै फर्किएकी छिन । दाता परिवारको अर्को पक्षले सभालहमै तालबन्दी गरेपछि विवाद उत्पन्न हुँदा उनीसहितकाे टोली रित्तै फर्किनु परेको हो ।
वि.सं. २०१४ सालमा एक विघा १७ कठ्ठा छ धुर जग्गा र नगद रु. एक लाख दान गरेका सप्तरीको खडकपुर निवासी स्व. विन्देश्वरीप्रसाद यादवका दुई छोरामध्ये (इन्द्रदेव यादव र धर्मदेव यादव) धर्मदेव यादवका छोरा, बुहारी, नातिनीले क्याम्पस दिवसको अवसरमा सजाएको सभाहलमा कार्यक्रम अगाडी नै तालाबन्दी गरेका थिए ।
विरोधी समुहले क्याम्पसको स्थापना दिवसमा आफुहरुलाई निम्तो पनि नदिएको र कुनै वास्ता पनि नगरेको हुनाले सभाहलमा तालाबन्दी गरेको बताए । सभाहलको ताल फुटाएर जबर्रजस्ती कार्यक्रम सञ्चालन गर्न खोज्दा विद्यार्थी र ती परिवारबीच झडप हुँदा दाता परिवारका दुई जना घाइते पनि भएका छन ।
दाता परिवारका बल्लु यादव, सोनम यादवलाई सामान्य चोट लागेको छ भने हलका ढोका, र दुई-तीन वटा कुर्सीमा सामान्य क्षति पुगेको छ । तालाबन्दी र तनाव बढ्दै गएपछि सुरक्षाकर्मीलाई बोलाएका थिए । तर झडप भइरहँदा सुरक्षाकर्मीहरु मुखदर्शक बनेका थिए । इन्द्रदेव यादवका बुहारी रेणुकुमारी यादवलाई क्याम्पसले प्रमुख अतिथि बनाउने निर्णय गरेको थियो ।
क्याम्पसले प्रायः प्रत्येक वर्ष उनलाई प्रमुख अतिथि बनाउँदै आएको छ तर हामीहरुलाई अपमान गर्दै आएको हुँदा क्याम्पस प्रशासनलाई यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदा पनि वास्ता नगर्दा हलमा तालाबन्दी गरेको धर्मदेवका छोरा बब्लु यादवले बताए । बल्लुको श्रीमती ललितादेवी यादवसहितले तालाबन्दी गरेका थिए ।
सो सम्बन्धमा पूर्वमन्त्री यादवले क्याम्पसलाई दान दिइसकेपछि त्यहाँ अधिकार(अंश) खोज्नुको कुनै औचित्य नरहेको भन्दै प्रमुख अतिथि बनाउने अधिकार क्याम्पसको रहेको बताए । धर्मदेवले मेरो पति अशोक यादवको हत्या गरेकोले हत्यारा भएको उनले बताइन् । उनका छोराहरु उपर पनि हत्याको आरोप छ । यस्तो हत्यारा अपराधी परिवारलाई मानसम्मान दिनु गलत हुने उनले बताइन् ।
सभाहलमा तालाबन्दी भएपछि दाता स्व. विन्देश्वरी यादवको शालिकमा अबिर, माला लगाउनुको साथै क्याम्पसका प्रयोगशाला, कक्षाकोठाको निरीक्षण, अवलोकन गरेर पूर्वमन्त्री यादव फर्किएका थिए ।
क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले क्याम्पसले दाता परिवारका दुबै पक्षलाई बराबर रुपमा मानसम्मान गर्दै आएको छ । उनीहरुलाई पनि प्रत्येक वर्ष क्याम्पस दिवसमा निम्तो दिने गरेको बताए । यो विषय उनीहरुबीचको विवाद पनि हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्षको कक्षा १२ को परीक्षा वैशाख ११ देखि सुरु हुने
फागुन १, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार
अध्ययन स्कुलमा विद्यालयस्तरीय ह्याकाथन प्रतियोगिता सुरू
माघ १७, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार
बढ्दो भ्रष्टाचारले नेपाल अन्तर्राष्ट्रियस्तरमा बदनाम भयो : शेखर कोइराला
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार