‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ असोज ११ देखि
नेपालबहस संवाददाता
साउन २९, २०७६ बुधबार १४:९:३५
२९ साउन, सुरुङ्गा । आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ ।
प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए
विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को झापालाई खेलकूद क्षेत्रको ‘हव’का रुपमा विकास गर्न प्रतयोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद रु १२ लाख ५० हजार र उपविजेता टिमले रु छ लाख २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न क्रण्डै रु ८० लाख लाग्ने बताइएको छ ।
यसैबीच क्लबले गोल्डकपका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ ।
कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौतापत्र आदान–प्रदानसमेत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार