बङ्गलादेशमा डेङ्गुका कारण ४० जनाको मृत्यु !
नेपालबहस संवाददाता
साउन २९, २०७६ बुधबार १५:२७:४४
२९ साउन, काठमाडौं । बङ्गलादेशमा डेङ्गुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका आयेशा अख्तरका अनुसार बङ्गलादेशमा डेङ्गुको आशङ्कामा हजारौँको सङ्ख्यामा बिरामी भर्ना भएपछि अस्पतालले उनीहरूको उपचार सेवामा समेत असहज महशुस गरेको बताएका छन् ।
लामखुट्टेको टोकाईबाट हुने भाइरल सङ्क्रमण, जसमा फ्लुको जस्तो लक्षण देखा पर्छ, डेङ्गु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ र यो सामान्यतया दक्षिण एसियाली मुलुकमा मनसुनी बर्षापछि अर्थात् जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ तर यो वर्ष डेङ्गुले एशियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ ।
बङ्गलादेशमा गत जनवरीदेखि सोमबारसम्ममा ४४ हजार विरामी डेङ्गुको आशङ्कामा अस्पताल भर्ना भएका छन् ।सोमबार मात्रै बङ्गलादेशका विभिन्न अस्पतालमा दुई हजार १०० बिरामी भर्ना भएका अस्पतालबाट प्राप्त तथ्याङ्कमा उल्ेलख गरिएको स्वास्थ्य मन्त्रालयका अधिकारी अयेशाले बताउनुभयो ।
उनले भने, “मन्त्रालयले यसबर्ष अहिलेसम्म ४० डेङ्गुसम्वन्धित विरामीको मृत्यु भएको पुष्टि गरेको छ ।” बङ्गलादेशी सञ्चारमाध्यमले गत हप्तासम्ममा १०० भन्दा बढी नागरिकको डेङ्गुका कारण मृत्यु भएको बताएका थिए ।
बङ्गलादेशमा एक हप्ता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिक शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीहरूले चासो व्यक्त गरेका छन् । यद्यपि स्वास्थ्य मन्त्रीले भने डेङ्गुको सङ्क्रमण ‘विस्तारै घट्दै गएको’ यसै हप्ता ढाकामा एक सार्वजनिक कार्यक्रमका क्रममा बताएका छन ।
“बङ्गलादेशमा डेङ्गुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्ध गरी सङ्कटलाई साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ,” स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले बताए ।
“विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकलाई जटिलता देखिएको छ,” एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए । एएफपी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
असोज ४, २०८१ शुक्रबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार