सेन्चुरी बैंकका डेपुटी सीईओ भट्टराईकाे राजिनामा पछि ‘एसम्यान’हरुको रुवाबासी
इन्द्र रिजाल
साउन २९, २०७६ बुधबार १८:२५:२२
२९ साउन, काठमाडौं । अकुत सम्पत्ति कमाएको भन्दै सम्पत्ति शुद्धिकरण विभाग र अख्तियार दूरुपयोग अनुसन्धान आयोगले एकैचोटी छानविन थालेपछि सेन्चुरी कमर्सियल बैंकका डेपुटी सीईओ जीवन भट्टराईले राजिनामा दिएको रहस्य सार्वजनिक भएको छ ।
सम्पत्ति शुद्धिकरण विभागले राष्ट्र बैंकसँगको सहकार्यमा बैंकका सीईओ, डेपुटी सीईओ तथा कर्जा प्रमुखहरुको सम्पत्ति छानबिन थालेपछि अत्तालिएका भट्टराईले पीएचडी गर्ने बहाना बनाएर राजिनामा दिएको समाचार स्रोतले बताएको छ ।
बैंक स्थापनाकालदेखि नै सेन्चुरी कमर्सियल बैंकको डाडुपन्यू हातमा लिएर बसेका भट्टराईको अकुत सम्पत्तिमाथि सम्पत्ति शुद्धिकरण विभाग र अख्तियारले गम्भिर अनुसन्धान गर्दै बयानका लागि चिठी काटेको थियो । बैंकमा बसेर उनले कर्जा लगानी तथा खरिदमा गरेको अनियमिततामाथि नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले समेत कारबाही गर्ने तयारी गरेपछि उनले राजिनामा दिएर कुलेलम ठोकेको बताइन्छ । राजिनामा दिए पनि सम्बन्धित निकायले थप कारबाही गर्ने तयारी थालेपछि उनी देशै छोडेर जाने तयारीमा रहेको सम्बद्ध स्रोतले नेपालबहस डटकमलाई बताएको छ ।
बैंकर भट्टराईले हरेक ब्रान्च खोल्दा पनि प्रत्येक ब्रान्चबाट प्रत्येक ठेक्काको पाँचदेखि सातलाख रुपैयाँ कमिशन खाने गरेको समाचार स्रोतको दावी छ । पछिल्लो समयमा सेन्चुरी बैंकले करिब ३० वटा नयाँ ब्रान्च खोलेको थियो । यसबाट मात्र उनले एक करोड पचास लाखभन्दा बढी धनराशी आर्जन गर्न सफल भएको उजुरी अहिले विभागसम्म पुगेको छ ।
जीवनले वर्तमान सीईओलाई पनि असहयोग गर्ने र षड्यन्त्रपूर्वक हटाउन खोजेपछि सीईओ र डेपुटी सीईओबीच विगत केही समयदेखि टसल रहेको बताइन्छ । बैंक स्रोतका अनुसार सेन्चुरीका सीईओ तुलसीराम गौतमले संचालक समिति बैठकमा नै कि त जीवनलाई हटाउनु पर्ने वा आफु राजिनामा दिएर बाहिरिने जनाएपछि संचालक समिति पनि डेपुटी सीईओ भट्टराईको राजिनामा स्वीकृत गर्न बाध्य भएको थियो ।
बैंकका संस्थापक सीईओ गणेशप्रसाद श्रेष्ठकी धर्मपत्नी एवंम संचालक श्रीमती उमा श्रेष्ठले भट्टराईलाई संरक्षण गर्दैै आएकी थिइन् । नौ वर्षदेखी सेन्चुरी बैंकमा सम्बद्ध रहेका भट्टराईले बैंकको सबै विभाग र महत्वपूर्ण शाखामा आफ्ना ‘एसम्यान’हरुलाई सेटिङ गरेर राख्दै आएका थिए । भट्टराईले अचानक राजिनामा दिएपछि उनका ‘एसम्यान’हरुमा अहिले रुवाबासी सुरु भएको छ ।
पूर्व सीईओ अुनजमणी तिमिल्सिना र डीजीएम मनिष तिमिल्सिनालाई पनि बिगतमा काम नै गर्न नदिई असहयोग गरेपछि उनीहरु बाध्य भएर बैंक छोड्न पुगेको बताइन्छ । डेपुटी सीईओ भट्टराईको सेन्चुरी बैंकमा अझै कतिसम्म हालिमुहाली थियो कि बैंकको आन्तरिक नियमावली नै परिवर्तन गरी डेपुटी सीईओ पनि बोर्ड बैठकमा बस्ने परिपाटी सुरु गरेका थिए । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै यस्तो नियमावली बनाएर उनले सीईओको अधिकार र क्षेत्राधिकारमा पनि हस्तक्षेप गर्दै आएका थिए ।
बैंकर भट्टराईले हरेक ब्रान्च खोल्दा पनि प्रत्येक ब्रान्चबाट प्रत्येक ठेक्काको पाँचदेखि सातलाख रुपैयाँ कमिशन खाने गरेको समाचार स्रोतको दावी छ । पछिल्लो समयमा सेन्चुरी बैंकले करिब ३० वटा नयाँ ब्रान्च खोलेको थियो । यसबाट मात्र उनले एक करोड पचास लाखभन्दा बढी धनराशी आर्जन गर्न सफल भएको उजुरी अहिले विभागसम्म पुगेको छ । यसै गरी बैंकको सेक्युरीटी गार्ड राख्ने क्रममा पनि उनले निजी सेक्युरिटी कम्पनीबाट कमिशन खाने गरेको स्रोतको दावी छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार