घरघरमै पुगेर जग्गाको लालपूर्जा वितरण
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १४:७:२८
३० साउन, काठमाडौं । बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा करीब ५०० जनालाई लालपूर्जा वितरण गरेको छ । उपमहानगरपालिकाले साविकको मोतिपुर र सेमलार गाविसका विभिन्न टोलमा गाउँब्लकका घर जग्गाको लालपूर्जा वितरण गरेको हो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मोतिपुरका स्थानीय ज्येष्ठ नागरिक जगन्नाथ ढकाल र उनका दुई भाइलाई लालपूर्जा वितरण गर्दै घरघरमै पुगेर पूर्जा वितरण गर्ने कार्यक्रमको शुभारम्भ गरेका हुन् । विसं २०२७ मा पाउनुपर्ने लालपूर्जा अहिलेसम्म नपाएकोले उक्त समस्या समाधानका लागि अहिले प्रक्रिया अगाडि बढाएको प्रमुख सुवेदीले बताए ।
“बल्ल ढुक्क भइयो”, लामो समय शिक्षण पेशा गरेका ज्येष्ठ नागरिक ढकालले जति नै जग्गा भए पनि स्वामित्व पाउन नसक्दा निराशा लाग्ने अवस्थाको अन्त्य भएको बताए । सेमलार, मोतिपुर, रानीगञ्ज, पोखराबारी तथा मनोहरापुर क्षेत्रका वासिन्दालाई लालपूर्जा वितरण गरिएको हो । फिल्डमै पुगेर जग्गाधनीका हातमै लालपूर्जा उपलब्ध गराइएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । वडा नं १७, १८ र १९ का वडाध्यक्ष सन्तबहादुर राना, हुमनाथ आचार्य र खिमबहादुर खत्रीसहितका जनप्रतिनिधिको रोहवरमा नापी कार्यालयका पदाधिकारीले जग्गाको लगतका बारेमा अध्ययन गरेका छन् ।
लामो समयदेखि जोतभोग गरे पनि स्वामित्व आफूहरुको नहुँदा बहुउपयोगका काम हुन नसकेको भन्दै त्यसक्षेत्रका बासिन्दाले गुनासो गरेका थिए । रुपन्देहीमा मात्रै उक्त समस्याका करीब दुई हजार २०० जति लालपूर्जा तयार भइरहेको र सँगसँगै वितरण पनि भइरहेको नापी कार्यालयका अमिन लक्ष्मण गिरीले जानकारी दिए ।
बुटवलले अव्यवस्थित बसोबासी र सुकुम्बासीका अलगअलग तथ्याङ्क सङ्कलन गरिरहेको छ । अव्यवस्थित बसोबासको पहिलो चरणको तथ्याङ्क सङ्कलनका काम पूरा भइसकेको र तिनको कागजातका बारेमा अध्ययन भइरहेको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना
पुष ९, २०८१ मंगलबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
मौसममा बदली भएसँगै नेपालमा पुनः चिसो बढ्न सुरु
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार