कांग्रेस बैठक : अनुशासन समितिको प्रतिवेदन प्रस्तुत
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १४:२१:२९
३० साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
कांग्रेस केन्द्रीय समितिको बुधबार बसेको बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्दम्बेले सो प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
बैठकले तनहुँमा वैकुण्ठनाथ न्यौपाने सभापति र जीतप्रकाश आले कार्यवाहक सभापति रहेको जिल्ला कार्यसमिति र सो मातहतका कार्यसमिति मात्र कांग्रेसको आधिकारिक र वैधानिक कार्यसमिति रहेकोसमेत स्पष्ट पारेको छ ।
उक्त कार्यसमितिबाहेक काङ्ग्रेस पार्टीका नाममा पार्टीका कुनै सदस्यले कुनै तहको कार्यसमिति गठन गर्न नै नसक्ने भएकाले तनहुँमा यदि त्यस्तो अनाधिकृत र अवैधानिक कार्य पार्टीको कुनै सदस्यले गरेको वा कार्यालय खोलेको भए त्यस्तो कार्य पार्टी अनुशासनको गम्भीर उल्लङ्घन र दण्डनीय कार्य हुने बैठकले निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा बुधबार महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बे, कमला पन्त र रमेश लेखकले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको अर्को बैठक आगामी भदौ ११ गते दिउँसो २ बजे पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’ मा कांग्रेस सभापति देउवाको शुभकामना
पुष १०, २०८१ बुधबार
चाडपर्वले आपसी एकता कायम राख्न मद्दत पुग्छः उपराष्ट्रपति
पुष १०, २०८१ बुधबार
चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्छः राष्ट्रपति
पुष १०, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष १०, २०८१ बुधबार
आजको मौसम: हिमाली भू–भागमा हिमपात, पहाडी तथा तराई क्षेत्रमा वर्षा हुने
पुष १०, २०८१ बुधबार