वरिष्ठ साहित्यकार दीक्षितको निधन
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १७:५५:४६
३० साउन, काठमाडौं । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । मृगौला सम्बन्धी समस्याका कारण १२ दिनअघि ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका उनलाई बुधबार ‘डिस्चार्च’ गरी घर ल्याइएको थियो ।
निवासमा शौचालय जाँदा बेहोस भएका उनकोबिहीबार बिहान साढे ३ बजे कालिका स्थान स्थित निवासमा निधन भएको छोरा विनोदमणि दीक्षितले बताए। उनी भाषा–साहित्यमा पौराणिक शाश्त्र, धर्मग्रन्थ र इतिहास बिषयका सामग्रीलाई पुर्नव्याख्या गर्न तथा आख्यान लेखनमा सोधपरक शैलीलाई स्थान दिने साधककारुपमा चिनिन्छन्।
‘माधवी’ उपन्यासका लागि २०३९ सालको मदन र साझा पुरस्कार प्राप्त गर्ने दीक्षित तत्कालीन९२०५१० नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका उपकुलपति थिए। दीक्षितका ‘चरैवती’, ‘त्यो युग’, ‘हाम्रा ती दिन’, ‘म रुादै बिर्सन्छु’, ‘बर्लिन डायरीका पाना’ लगायतका निबन्ध र संस्मरण प्रकाशित छन्।
उनको ‘कसले जित्यो कसले हार्यो’, ‘ग्यास च्याम्बरको मृत्यु’ लगायतका कथा संग्रह पनि प्रकाशित छन्। दीक्षित पंचायतकालमा प्रकाशित हुने ‘समीक्षा’ साप्ताहिकका चर्चित सम्पादक समेत हुन्। दीक्षितका श्रीमती, ३ छोरा र १ छोरी छन्।
उनको शव निवासमै राखेर श्रद्धाञ्जली दिन लागिएको छ। उनलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपीओलीलगायतका उच्च पदस्थ अधिकारीहरु जान लागेका छन्। उनी प्रज्ञा प्रतिष्ठान मुर्दा घर नभएको र त्यहाँ शव राखेर श्रद्धाञ्जली दिन उचित नभएको भन्दै विरोध गर्दै आएका थिए।
दीक्षितकैमान्यता अनुसार शवलाई प्रज्ञा प्रतिष्ठानमा नराखेर कालिकास्थानस्थित निवासमै राखिने भएको हो। उनको आजै अन्त्यष्ठि गरिने भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुमको चोत्लुङ ‘पार्क’ लिम्बू संस्कृति अध्ययन केन्द्र बन्दै
पुष १०, २०८१ बुधबार
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
पुष १०, २०८१ बुधबार
मासु र मदिरा नचल्ने माङ्सेबुङ, जहाँ सुँगुर, बङ्गुर र कुखुरा पाल्न पनि पाइँदैन
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार
अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार