हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ !
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार १८:२३:३०
३० साउन, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत-प्रशासित कश्मीरले पाएको विशेषाधिकार समाप्त गर्ने निर्णयबाट सो क्षेत्र पुन: आफ्नो पुरानो गौरवमा फर्किने दाबी गरेका छन्।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा भाषण गर्दै उनले भने, ‘हामी कश्मीरको पुरानो गौरव फेरि स्थापित गर्नेछौँ र यसले देशको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’ कश्मीरलाई विशेष मान्यता दिने भारतीय संविधानको धारा ३७० ले केवल भ्रष्टाचारलाई प्रश्रय दिएको उनको तर्क थियो।
नयाँ दिल्लीको निर्णयपछि गत हप्तादेखि कश्मीर बन्दको अवस्थामा छ र त्यहाँ फोन र इन्टरनेट पनि अवरुद्ध छन्। तर मोदीले सो स्थितिबारे कुनै टिप्पणी गरेनन्। दिल्लीस्थित लालकिलामा आयोजित समारोहमा बिहीवार बिहान उनी डेढ घण्टा बोलेका थिए।
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएको भारतको यो ७३औँ स्वतन्त्रता दिवस हो। भारतबाट विभाजन भएको पाकिस्तानले आफ्नो स्वतन्त्रता दिवस एक दिनअघि अगस्ट १४ मा मनाउने गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधवार आफ्नो भाषणमा कश्मीरमा भारतीय हस्तक्षेपको चर्को आलोचाना गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार
अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार