ब्रह्म कुमारीमा सामूहिक रक्षाबन्धन, दाजुभाइ र दिदीबहिनीबीच खुशी साटासाट
नेपालबहस संवाददाता
साउन ३०, २०७६ बिहिबार २३:३८:५७
धीरेन्द्रप्रसाद साह
३० साउन, राजविराज । सप्तरीको राजविराज स्थित ब्रह्म कुमारी राजयोग सेवा केन्द्रले बिहीबार सामूहिक रक्षाबन्धन गरेको छ । सो अवसरमा प्रदेश २ का उपसभामुख उपमा देवले रक्षाबन्धन भाइबहिनीबीचको आत्मीय प्रेमको प्रतिक रहेको बताए । उनले रक्षाबन्धनमा बाँधिने रक्षासुत्र (धागो) देखिदा सानो भएपनि यसको ठूलो महत्व रहेको चर्चा गरे । तराईका जिल्लाहरु मनाइरहेको रक्षाबन्धनमा विकृति बिसंगीको बास हुन नदिन सचेत रहन समेत आग्रह गरे ।
सो कार्यक्रममा ब्रह्म कुमारी राजयोग सेवा केन्द्रका सञ्चालिका (प्रमुख) भगवती दिदी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, समाजसेवी हरेकृष्णप्रसाद सिंह, दिपक भाइ लगायतले भाइबहिनीको प्रेम प्रतिक रक्षाबन्धन पर्वले बहिनीसँगै सिङ्गो महिलाको रक्षामा पुरुषलाई अझ जिम्मेबार बन्न ऊर्जा थप्को बताएका छन् ।
दाजुभाइको हातमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाइयो
बिहीबार दिदीबहिनीले दाजुभाइलाई आपत विपद्मा रक्षाकवजको रुपमा उभिने अटल, दृढ विश्वासकासाथ राखी बाँधेर रक्षाबन्धन पर्व हर्सौल्लाससँग मनाएका छन । तराईका जिल्लाहरुमा दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर रक्षाबन्धन पर्व मनाइएको हो । दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गरिन्छ भने राखी बाँधेपछि दाजुभाइले दिदीबहिनीलाई उपहार, दक्षिणामा पैसा, लत्ताकपडा दिने गरेका छन ।
राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशीयाली साटासाट गर्ने दिनको रुपमा यस पर्वलाई लिने गरेको छ । पुराणमा उल्लेख भएअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरको १२ वर्षसम्म युद्ध भएको थियो । सो युद्धमा असुरले देवतामाथि विजयी प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे । गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिएका थिए । त्यस दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजयी कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए । सोही बेलादेखि यसको चलनमा आएको जानकारहरु बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
मौन स्नान गरी मनाइयो सोमबारे औँशी
पुष १५, २०८१ सोमबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
सकियो रविविरुद्धको मुद्दामा सरकारी वकिलको जवाफी बहस, आजै आदेश आउने
पुष २५, २०८१ बिहिबार
प्रधानमन्त्री कप क्रिकेटको उपाधि बैतडीले जित्यो
पुष २५, २०८१ बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
१८ अंकले घट्यो नेप्से, सात अर्बभन्दा बढीको कारोबार
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
सन् २०२४ मा चार हजारभन्दा बढी विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरे
पुष २५, २०८१ बिहिबार
रविको मुद्दाको आदेश आउने भएपछि कास्की जिल्ला परिसरमा सुरक्षा ब्यवस्था कडा
पुष २५, २०८१ बिहिबार