माधव नेपालका भान्जा सेञ्चुरी बैंकको डेपुटी सीईओमा बढुवा, एकैचोटी पाँच तहको छलाङ
इन्द्र रिजाल
साउन ३०, २०७६ बिहिबार २३:३६:१६
काठमाडौं । डेपुटी सीईओ जीवन भट्टराईले राजिनामा दिएको एक साता पनि नपुग्दै सेञ्चुरी कर्मसियल बैंकले मनोज न्यौपानेलाई नयाँ डेपुटी सीईओको रुपमा नियुक्त गरेको छ ।
दुईबर्ष अघिमात्र सनराइज बैंकको म्यानेजर पद छोडेर सेञ्चुरी बैंक भित्रिएका न्यौपाने चिफ बिजनेश अफिसर थिए ।एजीएम सरहको सो पदमा काम गरेका उनलाई बैंक सञ्चालक समितिले एकै पटक पाँच तह माथि बढुवा गदै डेपुटी सीईओमा नियुक्त गरेको हो । उनी भन्दा सिनियर सोही बैंककी चिफ रिस्क अफिसर अनुपमा श्रेष्ठ मानन्धरलाई पछि पार्दै न्यौपानेले छलाङ मारेका हुन् ।
नवनियुक्त डेपुटी सीईओ न्यौपाने सत्तारुढ नेकपाका वरिष्ठ नेता माधव नेपालका भान्जा हुन् । बैंकिङमा खासै लामो अनुभव नभएतापनि उनी दक्ष बैंकर भने भएको बताइन्छ । सेञ्चुरीमा डीजीएम, जीएम, एसीईओका पदहरु लामो समयदेखि खाली छन् ।
पूर्व एमाले सर्मथक संस्थापक शेयरहोल्डरहरुको बाहुल्यता भएको सेञ्चुरी बैंकमा अर्थमन्त्री युवराज खतिवडा र डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको जोडबलमा न्यौपानेलाई एकैचोटी पाँच तह माथि जम्प गराइएको हुनसक्ने अनुमान बैंकिङ क्षेत्रमा गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार