मुक्तिनाथ विकास बैंकले कमायो एक अर्ब २२ करोड मुनाफा
इन्द्र रिजाल
साउन ३०, २०७६ शुक्रबार २:११:२६
काठमाडौं । विकास बैंकहरु मध्ये अग्रणी मुक्तिनाथ विकास बैंक लिमिटेडले रु. १ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले आ.व.०७५/०७६ सम्ममा रु. ४६ अर्ब १३ करोड निक्षेप संकलन गरि रु.३७ अर्ब ९५ करोड कर्जा लगानी गर्दा उक्त मुनाफा आर्जन गर्न सफल भएको हो ।
समकालिन विकास बैंकहरुका माझमा यस विकास बैंकले हरेक बर्ष उत्साहजनक बृद्धि र उत्कृष्ट प्रतिफल कायम राख्दै आएको छ । बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ५२ प्रतिशत र कर्जा प्रवाहमा पनि ५२ प्रतिशत कै बृद्धि कायम गरी सञ्चालन मुनाफा ३७ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।
बैंकको निष्कृय कर्जा अनुपात ०.०७ प्रतिशत कायम रहेको छ भने बैंकको प्रति शेयर आम्दानी रु २७.८४ रुपैया रहेको छ । बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै सञ्चालन मुनाफा रु १ अर्ब २२ करोड गरी निक्षेप र कर्जा तर्फपनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।
गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने लक्ष्य लिएको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिएका छन् । हाल बैंकले ११८ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार