झापामा डेङ्गु सङ्क्रमणको महामारी
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १३:५९:४२
३१ साउन, सुरुङ्गा । झापाको दमकमा तीन महीना अघि देखा परेको डेङ्गु रोग अझै नियन्त्रणमा आएको छैन । अहिले दमकका विभिन्न अस्पतालमा डेङ्गुका बिरामीको सङ्ख्या १२० नाघेको छ ।
दमक नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालका अनुसार दमक अस्पतालसहित आम्दा, लाइफलाइन, एडभान्स अस्पताललगायतमा डेङ्गुका बिरामीले उपचार गराइरहेका छन् ।
डेङ्गुको सङ्क्रमणले महामारीको रुप लिएपछि अहिले बिरामीलाई अस्पताल भित्र झुल टाँगेर राखिएको छ । लामखुट्टेबाट जोगाउन बिरामीलाई झुल टाँगेर उपचार शुरु गरिएको लाइफलाइन अस्पतालमा कार्यरत डा खुश्वु प्रियाले बताए ।
उनले भने, “डेङ्गुका बिरामीलाई टोकेको लामखुट्टेले अरुलाई नटोकोस् र डेङ्गु नसरोस् भनेर झुल टाँगेर अपचार शुरु गरेका हौँ ।” डा प्रियाले दमक आसपासको क्षेत्रमा यो रोगको सङ्क्रमण ज्यादै फैलिएकाले सबैलाई सचेत रहन आग्रह गरे । तीन वर्षअघि पनि दमक क्षेत्रमा डेङ्गु रोग देखापरेको थियो ।
डेङ्गु रोग फैलिएपछि दमक नगरपालिकाले दमक अस्पतालमा आएका सबै बिरामीको निःशुल्क उपचार गराउँदै आएको छ । निजी अस्पतामा पनि सङ्क्रमितको निःशुल्क उपचारको पहल गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए ।
उनले भने, “डेङ्गुको सङ्क्रमण भेटिए दमक अस्पताल पठाइ दिन आग्रह गरेका छौँ ।” नगरपालिकाले प्रदेश सरकारसँग डेङ्गु रोग नियन्त्रणका लागि आवश्यक पहलको माग गरेको छ ।
अहिले दमक अस्पतालमा २४, एडभान्समा ३४, आम्दामा ३१ र लाइफलाइनमा ३१ डेङ्गु सङ्क्रमितको उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पुष ९, २०८१ मंगलबार
नौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार