अस्थायी डाईभर्सन बगाएपछि पूर्ब पश्चिम राजमार्ग अबरुद्ध !
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १४:३४:२५
३१ साउन, पूर्वी नवलपरासी । पूर्बी नवलपरासीको मध्यबिन्दु नगरपालिकाको अरुणखोला पुल भाँचिए पछि बुधबार देखि अबरुद्ध बनेको पुर्ब पशिचम राजमार्गमा बिहीबार केही घण्टा सवारी यातायात चले पनि साँझ डाईभर्सन बगाएपछि यातायात पुनः अबरुद्ध भएको छ ।
भाँचिएको पुलमा साना सवारीलाई पुलबाटै सञ्चालन गरिए पनि सो समेत बन्द गरिए पछि दिउँसो एक छिनको लागि डाईभर्सन बनाएर यातायात संचालन गरिए पनि साँझ ८.०० बजे डाईभर्सन बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको जिलला प्रहरी कार्यालय पुर्बी नवलपरासीले जनाएको छ ।
सवारी आवागमन सहज बनाउन खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको तर सो बाढीले बगाए पछि यातायात पुर्ण रुपमा ठप्प भएको सडक डिभिजनले जनाएको छ ।
बुधबारदेखि अबरुद्ध सडक तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको र आज चार घण्टा सो डाईभर्सन बाट यातायात संचालनमा आए पनि साँझ ८.०० बजे बाढीले डाईभर्सन बगाए पछि हजारौं सवारी साधन र १० हजार बढि यात्रु अलपत्र परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाए पछि यातायात अवरुद्ध भएको र आज राती नै सकेसम्म पुन डाईभर्सन हालेर यातायात संचालनमा ल्याईने प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीले बताए।
यता सडक डिभिजन कार्यालयका अनुसार अबको १५ दिनभित्र पुलको मर्मत गरेर संचालक आउने भएको छ । आज शुक्रबार तथा शनिबारबाटै मालबहाक ट्रकका कारण पुलमा क्षति भएको भन्दै अबको १५ दिनभित्रै मर्मत कार्य सकिने भएको छ ।
भाँचिएको पुल मर्मतका लागि १५ दिनको समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको हो । बिहीबार बिहान नेपाल बहससंग कुरा गर्दै सडक डिभिजन कार्यालय बुटवलले एक दुई भित्र डाइभर्सनको सकिने र १५ दिन भित्र संचालनमा आउने भनेपनि बिहीबार साँझ डाईभर्सन बगाएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुलमा बुधबार बिहान ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इञ्जिनीयर हरिप्रसाद सुवेदीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार
अटो दुर्घटना हुँदा एकको मृत्यु , २ जना घाइते
पुष १०, २०८१ बुधबार
नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार