विष्णु रिमालको ट्वीट : प्रमको स्वास्थ्य ठीक छ !
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १५:२५:१९
३१ साउन, काठमाडौं । सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री फर्किएका केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ ।
प्रधानमन्त्रीकै स्वास्थ्यका कारण हिजो ‘बिहीबार’का लागि बोलाइएको नेकपा सचिवालयको बैठक आज ‘शुक्रबार’ ३ बजेका लागि सारिएको छ ।
प्रधानमन्त्री सरकारको बाक्लो कामको धपेडीका कारण थकित भएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधामन्त्रीको स्वास्थ्य ठीक रहेको ट्वीटरमा ट्वीट गर्दैै बताएका छन् ।
रिमालको ट्वीटमा लेखिएको छ, ‘सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेस फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित हुनुभयो । जसका कारण सचिवालय बैठक एक दिनका लागि स्थगित भयो।
यसै आधारमा उहॉको स्वास्थ्य अवस्था बारे अडकलवाजी सहित केही मिडियामा संप्रेषित अफवाहहरू निराधार छन्। प्रमको स्वास्थ्य ठीक छ । उहॉ बिहानबाटै नियमित भेटघाट र बैठकहरूमा संलग्न रहनु हुनेछ।’
रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाप्रति निश्चिन्त रहन आग्रह गर्दै चासो राख्नु हुने सबै शुभचिन्तकहरूमा धन्यवाद पनि दिएका छन् ।
यस्तो छ, रिमालले बिहीबार राति गरेको ट्वीट :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार