मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार १८:५:४३
३१ साउन, नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।
नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् ।
मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले व्यवसायीको अनुरोधमा नयाँ भवन निर्माण शुरु गरिएको जनाएको छ ।
प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तलामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख राणाले बताए।
यसैबीच शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ ।
नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन हिजो पत्र लेखेको हो । नेपालगञ्ज निवासी सो मन्त्रालयका मन्त्री मोहमद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्र लेखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार