अब मलाई २०–२५ वर्ष केही हुँदैन !
नेपालबहस संवाददाता
साउन ३१, २०७६ शुक्रबार २०:१४:५८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमा सुधार आएपछि बिहानदेखि नियमित भेटघाट र महत्वपूर्ण काममा सक्रिय भएका छन् ।
प्रधानमन्त्री ओलीले आज बिहान प्रम निवास बालुवाटारमा झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्तासँग भेटघाट गरेका थिए । अहिले नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को सचिवालयका बैठकमा सहभागी छन् ।
गत साता सिङ्गापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ्य भएका कारण नेकपाको बैठक सरेको थियो ।
झापाली कार्यकर्तालाई ओलीले ताजगी मुद्रामा सोधे, “म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आएको हो कि क्या हो ?” उनले ती कार्यकर्तालाई आफू स्वस्थ्य रहेको तर बाहिर बढी प्रचार भएको जनाएको उनका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए ।
झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका निराधार हल्लाको प्रसङ्ग उल्लेख गर्दै भने, “हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो । एउटा सिटामोल खाइदिएपछि सबै निको भयो । बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो ।”
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकसँग भने, “गत हप्ता सिङ्गापुरमा आँखा, कान, घाँटी र बूढीऔँलादेखि कान्छीऔँलाका नङसम्म परीक्षण गरेर आएको छु । डाक्टरले सबै अङ्ग ठीक छ भनेका छन् । अब २०–२५ वर्ष केही हँुदैन भन्छन् । त्यस कारण म बिरामी होइन ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार