आखिर किन लुकाइँदै छ ओलीको स्वास्थ्य रिपोर्ट ?
इन्द्र रिजाल
साउन ३१, २०७६ शुक्रबार २२:१५:२५
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य रिपोर्ट लुकाउन खोजिएको विषय नेपाली राजनीतिको हट केक बनेको छ । सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्केको दुई दिन बित्न नपाउँदै प्रम ओली पुनः अस्वस्थ भएको खबर सार्वजनिक भएपछि जनमानसमा चासो बढेको छ । तर प्रधानमन्त्री निकट संयन्त्र भने उनको स्वास्थ्य प्रतिवेदन सार्वजनिक नगर्ने मनस्थितिमा रहेको प्रतीत हुन्छ ।
प्रधानमन्त्री भनेको मुलुककै नेता हो , उनको हरेक अवस्था र गतिविधिबारे देश र जनताले जानकारी पाउनु पर्छ – राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले भने । प्रधानमन्त्री सिंगापुरबाट फर्कने वित्तिकै स्वास्थ रिपोर्ट सार्वजनिक गरिसक्नु पर्ने हो , तर गरिएन , त्यसैले जनमानसमा विभिन्न खाले आशंका बढेको हो । यद्यपि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँगको छोटो टिप्पणीमा भनेका थिए – मेरो स्वास्थ एकदमै राम्रो छ ।
ओली पूर्ण स्वस्थ हुनुहन्न । ओली पक्षधर भने स्वास्थ ठीक छ भनेर दुनियाँलाई देखाउनकै लागि भएपनि आजको मिटिङ तय गरेको अड्कल उनले गरेका छन् । ओलीलाई जवर्जस्ती मिटिङमा राखियो भने पुनः बिराम बल्झन सक्छ ।
स्वदेश फर्केपछि उनी दुई दिन राजनीतिक भेटघाटमा व्यस्त रहे । हिजो बिहिबार अपरान्ह् सचिवाल वैठक राखियो । तर अकस्मात ओलीको स्वास्थ बिग्रिएको खबर आयो । त्यसपछि सचिवालय बैठक आज शुक्रबारका लागि सारिएको जानकारी दिइयो । लगत्तै राजनीति वृत्तमा अनेक खाले अड्कलबाजी चल्यो । हिजै साँझ ओलीलाई पुनः सिंगापुर लैजाने तयारी भएको हल्ला आयो ।
त्यसको खण्डन गर्न ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गरे । सामान्य ज्वरो आएकाले आराम गर्नु भएको हो , भोलिबाट प्रधानमन्त्री पूर्ववत काममा सक्रिय हुनुहुने छ – रिमालले ट्वीटमा भनेका छन् । आज बिहानैबाट प्रधानमन्त्री ओली राजनीतिक भेटघाटमा सक्रिय देखिएका छन् । तर उनको अनुहार भने गलेको देखिन्छ ।
आज बिहान उनीसँग भेट्न पुगेका एकजना झापाली कार्यकर्ताले भने – प्रधानमन्त्रीसँग भेट गर्दा खासै रुचि दिनु भएन । उहाँको ध्यान अन्यत्रै बढी केन्द्रित भएजस्तो लाग्थ्यो । उनका अनुसार , ओली पूर्ण स्वस्थ हुनुहन्न । ओली पक्षधर भने स्वास्थ ठीक छ भनेर दुनियाँलाई देखाउनकै लागि भएपनि आजको मिटिङ तय गरेको अड्कल उनले गरेका छन् । ओलीलाई जवर्जस्ती मिटिङमा राखियो भने पुनः बिराम बल्झन सक्छ । त्यतातिर भने ओलीको सचिवालयले ध्यान नदिएको जस्तो देखिएको छ ।
स्वदेश फर्केको यत्तिका दिन बितिसक्दासमेत रिपोर्ट सार्वजनिक नगर्दा यस्ता अड्कालबाजी स्वभाविक हुने – राजनीतिक विश्लेषक आचार्यको भनाई छ । ओलीको सक्रियता र धपेडीले भोलि पुन : थला पा¥यो भने के भन्ने ? राजनीतिक विश्लेषक आचार्यले प्रश्न गरे ।
राजनीतिक विश्लेषक आचार्य भन्छन् – ओलीको स्वास्थ गतिलो नभएरै रिपोर्ट सार्वजनिक गर्न आनाकानी गरिएको हुनसक्छ । जस्तोसुकै अवस्था भएपनि रिपोर्ट सार्वजनिक गर्नुपर्छ , त्यसले पारिदर्शिता र जवाफदेहिताप्रतिको सरकारी प्रतिबद्धता झल्काउने हो ।
आखिर किन रिपोर्ट सार्वजनिक नगरिएको हो ? यो प्रश्नको जवाफ दिंदै ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने – उपयुक्त समयमा रिपोर्ट सार्वजनिक हुने छ । अर्यालका अनुसार , अझै केही रिपोर्ट आउन बाँकी भएकाले सार्वजनिक गर्न ढिला गरिएको हो । आजभोलि रिपोर्ट आएपछि सार्वजनिक गर्ने तयारी भइरहेको छ – उनले भने । प्रधानमन्त्रीको स्वास्थ स्थितिबारे समयमै रिपोर्ट जारी नहुँदा विभिन्न अड्कलबाजी गरिएको हुन सक्छ – अर्याल भन्छन तत्काल रिपोर्ट सार्वजनिक गर्ने संयन्त्र बनाउनु आवश्यक रहेको महसुस गरिएको छ ।
राजनीतिक विश्लेषक आचार्य भन्छन् – ओलीको स्वास्थ गतिलो नभएरै रिपोर्ट सार्वजनिक गर्न आनाकानी गरिएको हुनसक्छ । जस्तोसुकै अवस्था भएपनि रिपोर्ट सार्वजनिक गर्नुपर्छ , त्यसले पारिदर्शिता र जवाफदेहिताप्रतिको सरकारी प्रतिबद्धता झल्काउने हो । विदेशमा सरकार प्रमुखको स्वास्थ अवस्थाबारे सबै कुरा पारदर्शी रुपमा सार्वजनिक गर्ने चलन छ । नेपालमा पनि यस्तो खाले परम्परा बसाल्नु पर्छ – उनले भने ।
१३ वर्ष अघि ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता ओलीको स्वास्थ कमजोर रहेको छ । बेला बेला उनी स्वास्थ परीक्षणका लागि विदेश जाने गरेका छन् । प्रधानमन्त्रीका निजी चिकित्सकको टोलीले यसबारे रिपोर्ट सार्वजनिक गर्नु पर्ने हो । तर ओलीकै चाहानामा हुन सक्छ रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रेस सल्लाहकार अर्यालले भनेजस्तो सबै रिपोर्ट आउन बाँकी हो भने चिकित्सक टोलीले स्पष्ट गर्नुपर्ने हो । तर त्यस्तो केही भएको छैन ।
नेकपाको एकता प्रक्रियामा धपेडी बढेकाले उनी बिरामी भएको बताइएको छ । हिजो आराम गर्नु भएकाले आज बिहानबाटै काममा फर्कनु भएको छ, प्रेस सल्लाहकार अर्यालले भने – अब कुनै समस्या छैन ।
जेसुकै भएपनि प्रधानमन्त्रीको हरेक गतिविधि मुलुकका लागि चासोको विषय हो – राजनीतिक विश्लेषक आचार्य भन्छन् १० दिनभन्दा बढी विदेशमा उपचार गराएर आएको प्रधानमन्त्रीको स्वास्थबारे जनता जान्न चाहन्छन् । त्यो जिम्मेवारी राज्यको हो – उनी भन्छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार