एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी
नेपालबहस संवाददाता
साउन ३२, २०७६ शनिबार १६:५३:४१
३२ साउन, एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन् ।
सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन् । फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि बनाए ।
फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २३० मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका सलाहको मूल्य २०० मिलियन पाउण्ड र स्ट्रलिङको मूल्य १९० मिलियन पाउण्ड रहेको छ ।
यस्तै चौंथो स्थानमा रहेको बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १५३ मिलियन पाउण्ड र १४५ मिलियन पाउण्डसहित बोरुसिया डर्टमण्डका जाडोन सान्चो पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै लिभरपुलका साडियो माने १४४ मिलियनसहित छैटौं, टोटेनहमका ह्यारी केन १४३ मिलियनसहित सातौं, लिभरपुलका रोबर्टो फिर्मिन्हो १३२ मिलियनसहित आठौं, बार्सिलोनाका एन्टोनी ग्रीजम्यान १३१ मिलियनसहित नवौं र म्यानचेस्टर सिटीका लोरी साने १२५ मिलियनसहित दशौं स्थानमा रहेका छन् ।
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो शीर्ष १० मा अटाएका छैनन् । २० औं स्थानमा रहेको रोनाल्डोको मूल्य ११८ मिलियन पाउण्ड रहेको छ ।
म्यानचेस्टर युनाईटेडका पाउल पोग्बा १२५ मिलियनसहित १६ औं तथा पीएसजीका नेयमार १२४ मिलियनसहित १७ औं स्थानमा रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
प्रिमियर लिगमा सिटीको हारको अर्को कीर्तिमान
पुष ७, २०८१ आइतबार
ला लिगामा बार्सिलोना एट्लेटिको म्याड्रिडसँग पराजित
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार