काठमाडौंमा आरक्षण बचाऔँ आन्दोलनकर्मी र प्रहरीबीच झडप
नेपालबहस संवाददाता
साउन ३२, २०७६ शनिबार २३:५९:४५
३२ साउन, काठमाडौं । काठमाडौंमा शनिबार दिउँसो ‘आरक्षण बचाऔँ आन्दोलन’ कर्मी र प्रहरीबीच झडप भएको छ ।
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आएको आरक्षण बचाऔं आन्दोलन समितले गरेको प्रदर्शनमा झडप हुँदा करिव आधा दर्जन भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन्।
प्रहरीले दिएको जानकारी अनुसार झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायतका घाइते भएका छन्,भने दर्जन बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आन्दोलनकारी शान्ति वाटीका तर्फ जाने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रदर्शनकारीले प्रहरीको लाठी खोसेपछि झडप भएको हो ।
आयोगले निकालेको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार
एमालेले संसदीय दलको बैठक बोलायो
माघ १३, २०८१ आइतबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
माघ १३, २०८१ आइतबार
ट्रम्पको टिप्पणीपछि मेक्सिकोले अमेरिकासँग व्यापार युद्ध नगर्ने
माघ १२, २०८१ शनिबार
नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री
माघ १३, २०८१ आइतबार
हास्य, सङ्घर्ष, र गम्भीर भावसहित चलचित्र 'डोरी’ को नयाँ पोस्टर सार्वजनिक
माघ १३, २०८१ आइतबार
सैन्य शक्ति र विविधताको प्रदर्शन गर्दै भारतीय गणतन्त्र दिवस भव्यरूपमा मनाइँदै
माघ १३, २०८१ आइतबार
रास्वपाको सचिवालय बैठक सोमबार बस्ने
माघ १३, २०८१ आइतबार