आगामी निर्वानपछि मलाई पदमा बस्ने कुनै रहर छैन !
नेपालबहस संवाददाता
भदौ १, २०७६ आइतबार १९:११:२१
१ भाद्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार उदारता देखाउँदै प्रतिगमनकारी गतिविधिलाई टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको शासनविरोधी क्रियाकलाप नगर्न पनि चेतावनी दिए ।
आगामी निर्वानपछि आफूलाई पनि पदमा बस्ने कुनै रहर नभएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन ।
त्यसकारण निर्वाचनसम्म धैर्य गर्न साथीहरुलाई आग्रह गर्छु,’ प्रधानमन्त्री ओलीले भने, ‘केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा जनताले निर्वाचित गरेर सुम्पिएको जिम्मेवारीबाट सरकार लगलग काम्यो भन्ने दिवा सपना नदेखे हुन्थ्यो । यो सरकार चुनौतीको सामना गरेर आएको हो ।’
सरकार लोकतन्त्रप्रति पूर्ण प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री केपी ओलीले अधिनायकवादतर्फ गयो भन्ने खालका कुरा नगर्न भन्दै विपक्षीहरुलाई सचेत गराए । सरकार अधिनायकवादी भएको भन्ने खालका कुरा गर्दा जनताले पनि नपत्याउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ हनका लागि कानूनी राज तथा अशिक्षा र पछौटेपनाबाट अन्मुक्ति आवश्यक रहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार